काठमाडौं- नेपालको पूरानो मध्येको एक ‘आइसबर्ग’ बियर सोमबारबाट फेरि बजारमा प्रवेश गरेको छ।
हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै यो बियर नयाँ स्वाद र लेबलसहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
तीन दशकअघि नेपाली बजारमा उपलब्ध रहेको आइसबर्ग नयाँ स्वरुपमा आएसँगै यसको स्वादमा पनि परिवर्तन आएको कम्पनीको भनाइ छ।
गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भइ उत्पादन भएको नेपालको एक मात्रै बियर रहेको दाबी पनि कम्पनीको छ।
७ प्रतिशत अल्कोहल रहेको आइसबर्गको यो स्ट्रोङ बियर भए पनि प्रिमियम फिचरमा बजारमा ल्याइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।