काठमाडाैं– नेकपा (प्रचण्ड–माधव) पक्षको सचिवालयले निर्वाचन आयोगलाई पार्टीको आधिकारिता छिटो टुंग्याउन आग्रह गर्ने निर्णय गरेको छ।
सिंहदरबारस्थित दलको संसदीय कार्यालयमा बसेको बैठकले केन्द्रीय र स्थायी कमिटी बैठक बोलाउने विषयमा छलफल समेत गरेको छ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘निर्वाचन आयोगलाई पार्टीको आधिकारिता छिटो टुंगाउन आग्रह गर्ने कुरा भएको छ।’
फागुन ११ मा प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलोपटक उक्त समूहको सचिवालय बैठक बसेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।