• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बहालवाला र पूर्वसुरक्षाकर्मी नै संलग्न भएको गैंडा शिकारको भित्री कथा 

64x64
नारायण अधिकारी सोमबार, फागुन १७, २०७७  ०९:२४
1140x725
खाग लुट्न मुख्य भूमिका निभाएका पूर्वप्रहरी ज्ञानबहादुर रुम्बा, पूर्वसशस्त्र प्रहरी पुरन रेउले र गाडीको बन्दोबस्त गर्ने आइत तामाङ।

काठमाडौं– गत कात्तिक १६ गते, मध्य दिउँसो चितवन राष्ट्रिय निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टालीले बन्दुक पड्एिको आवाज सुन्यो। निकुञ्ज सुरक्षामा सेनाको बटुक दल गण तैनाथ थियो। भोलिपल्टै सेनाले निकुन्जका कर्मचारीसहितको ‘जंगल स्वीप अपरेसन’ सुरु गर्‍यो। 

कात्तिक १९ गते नारायणी नदीको टापू, मर्दी घोलमा गैंडाको माउ र बच्चा मृत भेटिए। अघिल्लो दिन गोली चलेको आवाज आएकै ठाउँतिर करिब २०/२२ वर्षको पोथी गैंडा र त्यसको ३ वर्षको बच्चा मृत भेटिएका थिए। दुबैको खाग झिकिएको थियो। 

एक हप्तासम्म चलेको ‘स्वीप अपरेसन’मा थप दुई गैंडा पनि मारिएको भेटियो। तीमध्ये एउटाको सिनो मात्र भेटिएको थियो भने अर्काको कंकाल फेला परेको थियो। अपरेसनका क्रममा चारवटा गैंडा मारेर खाग झिकिएको त पुष्टि भयो, तर त्यसमा संलग्नको पहिचान भएन। 

त्यसपछि वन्यजन्तुको चोरी शिकारी नियन्त्रणमा अन्तराष्ट्रिय अवार्ड समेत पाइसकेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई घटनाबारे पत्राचार गरियो। सिआइबीमा वन्यजन्तु चोरी शिकारी तथा तस्करीबारे अनुसन्धान गर्न डिएसपीको नेतृत्वमा छुट्टै ‘पिलर’ छ। यही पिलरले चितवन राष्ट्रिय निकुन्जमा भएको ४ वटा गैंडा शिकारको अनुसन्धान सुरु गर्‍यो ।

सेनाको बटुक दल गण र चितवन राष्ट्रिय निकुन्जसँगै सिआइबीले यो घटना अनुसन्धानका क्रममा गैंडा शिकार र खाग तस्करमा संलग्न १७ जनालाई पक्राउ गर्‍यो। अझैं १० जनाभन्दा धेरै व्यक्ति फरार छन्। 

गैंडा शिकार गरेको आरोपमा पक्राउ परेकाहरुलाई चितवन राष्ट्रिय निकुन्जमा सार्वजनिक गरिँदै।

फुर्केबाट फुरेको त्यो अनुसन्धान

Ncell 2
Ncell 2
nimb
nimb

चार गैंडा मारेर खाग तस्करी गरिएको घटना प्रहरीले विभिन्न पाटोको विश्लेषणमा तानिए भरतपुर–२८ का फुर्के कुमाल भन्ने गणेश कुमाल। 

उनी प्रहरीको खोजी सूचीमै भएका व्यक्ति थिए। कुमालविरुद्ध अवैध रुपमा सिसौको काठ चोरीनिकासी गरेको अभियोगमा २०७६ असार २६ गते ३४ हजार ४ सय २९ रुपैयाँ जरिवाना र ३० दिन कैद सजायको फैसला सुनाइएको थियो। फुर्केलाई पक्राउ गरेपछि गैंडा तस्करीको ‘नेक्सस’बारे महत्वपूर्ण सूचना फेला परेको सिआइबीको अनुसन्धान टिममा रहेका एक प्रहरी अधिकृतले नेपाल लाइभलाई बताए।

‘गैंडा मारेर खाग तस्करी गरेको घटनामा आफू संलग्न नभएको फुर्केले बताएका थिए’, उनले सुनाए, ‘तर गैंडा मारिएको घटनाबारे उनले महत्वपूर्ण क्लु भने दिए।’

फुर्केले सुनाएका नामबाट सुरु गरेको अनुसन्धानले प्रहरीलाई पक्राउ परेका १७ जना अभियुक्तसम्म पुर्याएको थियो। नवलपरासीको कावासोती नगरपालिका–७ का पल्ला भनिने ४८ वर्षीय शिवनारायण महतो, भरतपुर महानगरपालिका–२८ स्यालबासका रणबहादुर भनिने ४९ वर्षीय जीतबहादुर कुमाल, फुर्के पक्राउ परेलगत्तै समातिएका थिए। 

स्वीप अपरेशनको बेला निकुञ्जको बाँदरझुला आइल्याण्ड क्षेत्रमा भेटिएको गैंडाको अवशेष।

१७ गैंडा मार्ने ‘सार्पसूटर’सँग जेलमा भेट

गोरखा नगरपालिका–७, नयाँबजारका कैलाशबाबु आले चीनबाट तस्करी गरेर ल्याएको सुनसहित पक्राउ परेपछि दोषी ठहर भएर कास्की जिल्ला कारागार चलान भएका थिए। त्यही कारागारमा बमबहादुर प्रजा र केशव प्रजासँग उनको भेट भयो। उनीहरु दुईजना गैंडा मारेर खाग तस्करी गरेको अभियोगमा जेल परेका थिए। 

‘गैंडालाई चार वर्ष’पुस्तकमा चितवन राष्ट्रिय निकुञ्जका पूर्ववार्डेन कमलजंग कुँवरले बमबहादुरबारे पनि लेखेका छन्। पुस्तकमा उल्लेख भएअनुसार बमबहादुर १७ वटा गैंडा मारिसकेपछि २०६० साउन १८ गते पक्राउ परेका थिए। रोचक चाहिँ बमबहादुरसँग कास्की कारागारमा कैलाशबाबुको भेट भएपछि गैंडा शिकारको अर्को योजना बन्छ।

१७ वटा गैंडा मारिसकेका ‘अचुक निशानेबाज’ बमबहादुर जेल बसेर छुटेपछि फेरि गैंडा सिकारमा संलग्न भएको प्रहरी अनुसन्धानले देखाएको छ। अहिले चारवटा गैंडा मार्ने ‘सार्पसूटर’ उनै बमबहादुर रहेको प्रहरी निष्कर्ष छ।

 सुन तस्करीमा जेल बसेर छुटेका कैलाशबाबु आले । पछि मेखबहादुर नेपालीसँग मिलेर खाग लुटपाटमा समेत संलग्न भए। 

कारागारमा भएको चिनजानपछि नै गैंडा मार्ने योजना बनेको प्रहरी अनुसन्धानबाट खुलेको सिआइबीका प्रमुख, डीआइजी सहकुल थापाले बताए। 

जेलबाट छुटेपछि कैलाशबाबु र बमबहादुरबीच फोन सम्पर्क भइरहन्थ्यो। प्रहरीका अनुसार सोही क्रममा गत जेठको अन्तिमतिर बमबहादुरले कैलाशबाबुलाई फोन गर्दै भनेका थिए, ‘काम बन्यो। अब सामान सप्लाई गर्नुपर्छ, जिम्मा तपाईको।’

बमबहादुरले फोन गरेपछि गैंडा मारेर खाग निकालिसकेको कैलाशबाबुले बुझेका थिए। त्यसपछि खाग किन्ने मान्छे खोज्दै हिँडेका उनको सम्पर्क मकवानपुरको बागमती गाउँपालिका–३ घर भई काठमाडौँ, गोकर्णेश्वर बस्ने ३५ वर्षीय नवीन पौडेल र ‘इन्सपेक्टर साप’ भनेर चिनिने मेखबहादुर नेपालीसँग भयो।  

 गैडाको खाग लुटेर ७० लाखमा बेच्ने मेखबहादुर नेपाली। जो प्रहरीका समेत निकट थिए।

प्रहरीका सूचनादाता समेत हुन्, नेपाली। प्रहरीका उच्चपदस्थ अधिकृतदेखि समाजका प्रतिष्ठित व्यक्तिसँग समेत उनको राम्रो सम्बन्ध भएको सामाजिक सञ्जालमा उनले राखेका तस्बिरबाट प्रष्ट हुन्छ। नेपालीले दिएकै सूचनाका आधारमा प्रहरीले कैयौं अभियुक्त पक्राउ गरेको छ। कैलाशबाबु उनको सम्पर्कमा पुगेपछि गैंडा शिकारीसँग समेत उनको सम्पर्क हुन्छ।

पूर्वदेखि बहालवाला प्रहरीसमेत मिलेर बन्यो खाग लुट्ने योजना

प्रहरीलाई कैयौं सूचना दिएका नेपाली यसपालि भने प्रहरीकै फन्दामा परे। किनभने, खागबारे जानकारी पाएपछि उनी त्यसलाई लुट्ने योजनामा लागेका थिए। कैलाशबाबुमार्फत् खागको जानकारी आफूसम्म आएपछि नेपालीले खाग लुट्ने योजना बनाउनेदेखि त्यसनिम्ति मान्छे खोज्ने काम गरे। कैलाशबाबुलाई आफ्नो विश्वासपात्र बनाए।

लुटको योजनामा कैलाशबाबुसँगै मिसिए, सल्यानको शारदा नगरपालिका–५ का राजेन्द्र क्षेत्री भनिने ३१ वर्षीय पुरन रेउले र रसुवाको नौकुण्ड गाँउपालिका–३ का ३६ वर्षीय ज्वाला भन्ने ज्ञान बहादुर रुम्बा। रेउले सशस्त्र प्रहरी बलमा ५ वर्ष जागिर खाएर छाडेका थिए भने रुम्बा १३ वर्ष जागिर खाएर छाडेका प्रहरी जवान थिए।

नेपाली, रेउले, कैलाशबाबुसँगै, लमजुङको बेंशीसहर नगरपालिका–१० बस्ने ३२ वर्षीय सोमबहादुर गुरुङ, माडी नगरपालिका–९, अयोध्यापुरीका३२ वर्षीय दुर्गा भुजेल भन्ने दुर्गाबहादुर सार्की, काभ्रेको मन्डन देउपुर नगरपालिका–१०, ज्यामिरेका ४८ वर्षीय आशिष लामा भन्ने आइत तामाङसमेत ६ जना मिलेर खाग लुट्ने योजना बन्यो।


खाग लुटपाट गर्ने पूर्वसशस्त्र प्रहरी पुरन रेउले र पूर्वप्रहरी ज्ञानबहादुर रुम्बा

उनीहरुबीच एक करोडमा खाग किन्ने ‘डिल’ बन्यो। खागको फोटो नेपालीको मोबाइलमा समेत पठाइयो। पत्रिका काटेर पैसा जस्तो बनाएको २३ बण्डल तयार पारियो। बाहिर हजारका नोट राखेर बैंकबाट टाँचा लगाएजस्तो बनाएर विश्वास दिलाउने काम समेत गरियो। अनि काठमाडौंबाट ना२च १४५८ नम्बरको स्कर्पियो गाडी लिएर उनीहरु असारको पहिलो साता चितवन पुगे। 

गाडीको बन्दोबस्त आइत तामाङले गरेका थिए। त्यसवापत उनले साढे ७ लाख रुपैयाँ लिएको सीआइबीको पिलर ४ का डिएसपी राजकुमार राई बताउँछन्। 

सशस्त्र प्रहरीका पूर्वसिपाही रेउले ‘इन्स्पेक्टर साब’ नेपालीको बडीगार्ड बन्छन् भने कैलाशबाबु गोरखाबाट सिधै चितवन पुगेर नेपालीको टोलीलाई भेट्छन्। 

खाग लुट्न सशस्त्र प्रहरीले दिए ५० हजारमा हत्कडी

नेपालीको टोलीले खाग आफ्नो हातमा आएपछि प्रहरी भएको बताउने र तस्करलाई भगाएर खाग आफूले लिने योजना बनाएको हुन्छ। त्यसका लागि आवश्यक पर्छ, हत्कडी। 

हत्कडी व्यवस्थापन गर्ने जिम्मा पाएका रुम्बाले आफूले चिनेका सशस्त्र प्रहरी बलका एक सिपाहीलाई सम्पर्क गर्छन्। ती सिपाहीले ५० हजार रुपैयाँ दिने सर्तमा हत्कडी रुम्बालाई दिन्छन्। त्यही हत्कडी लिएर नेपालीसहित  ६ जनाको टोली खाग लुट्न चिवतन पुग्छ।

निकुन्जछेउमा खाग किन्ने भनेर बोलाएर नक्कली पैसाको बिटो समेत नेपालीको टोलीले देखाउँछ। खाग आफ्नो हात परेपछि यो टोलीले हत्कडी देखाउँदै ‘हामी प्रहरी हौं’ भनेपछि खाग बेच्न आएको प्रजाको समूह फरार हुन्छ। नेपालीको टोली लुटिएको खाग लिएर काठमाडौं फर्कन्छ।

सशस्त्रका बहालवाला सिपाहीले खाग लुट्न दिएको हत्कडीको चाबी।

हत्कडी दिने सशस्त्र प्रहरी अहिलेसम्म पक्राउ परेका छैनन्। उनलाई पक्रन सीआइबीले सशस्त्र प्रहरी बललाई पत्राचार गर्ने तयारी गरेको छ। हत्कडीको चाबीमात्र रेउलेको साथबाट भेटिएपछि प्रहरीले यसबारे अनुसन्धान गरेको थियो। सो क्रममा हत्कडी बहालवाला सशस्त्रका सिपाहीले दिएको पाइएको सिआइबी स्रोतले नेपाल लाइभलाई बतायो। हत्कडी भने खाग लुटेर आइसकेपछि त्रिशुलीमा फालेको बयान रेउलेले दिएका छन्। 

लुटेको खाग ७० लाखमा बिक्री, खातामा ४१ लाख

चितवनबाट खाग लुटेर काठमाडौं ल्याएपछि असार १५ गतेसम्म नेपालीले गोकर्णस्थित आफ्नै डेरामा राखेका थिए। प्रहरीका अनुसार त्यसपछि उनले बौद्ध बस्ने मुगुका कर्मा तामाङ, योन्जन तामाङ र नांगे तामाङको समूहलाई ७० लाख रुपैयाँमा खाग बेचेको अनुसन्धानबाट खुलेको छ। 

पोचिङ र ट्रेड दुबैमा सेक्युरेटीको काम गर्ने सुकबहादुर तामाङ र  खाग लुट्ने मुख्य व्यक्ति मेखबहादुरको सहयोगी सोमबहादुर गुरुङ। 

योन्जन र नांगे पक्राउ परिसकेका छन्, खाग किन्ने मुख्य व्यक्ति कर्मा भने फरार छन्। खाग उनैले राखेको पक्राउ परेकाहरुको बयान छ। तर, अहिलेसम्म प्रहरीले खाग फेला पारेको छैन। खाग बेचिएको रकममध्ये नेपालीको बैंक खातामा ४१ रुपैयाँ पाइएको सीआइबीका डिआइजी थापाले जानकारी दिए। बाँकी रकम उनीहरुले बाँडफाँड गरेको हुनसक्ने प्रहरीको अनुमान छ। 

खाग लुट्ने मुख्य योजनाकार नेपालीको गोकर्णमा ३५ रोपनी जग्गामा घर छ। त्यति हुँदा पनि उनी रिसोर्टमा बस्दै आएका थिए। उनकै नाममा दुईवटा स्कर्पियो गाडीसमेत भेटिएको छ। खागको अनुसन्धान गर्दा अकुत सम्पत्ति देखिएपछि सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धानका लागि पठाइने सीआइबीले जनाएको छ।

मर्दी घोलमा मारिएका माउ–बच्चाको खाग हुम्लीको हातमा

रणकुमाल भन्ने जीतबहादुर कुमाल ५ र १० वर्ष गरी गैंडा मारेको अभियोगमा दुई पटक जेल बसेका व्यक्ति हुन्। उनकै समूहले कात्तिकको दोस्रो साता गैंडाका माउ–बच्चा मारेको थियो। माउबच्चा मारेपछि निकालिएको खाग गोरखा, तनहुँ, स्याङ्जा हुँदै काठमाडौं पुर्‍याइएको थियो। 

जीतबहादुरले भनेका छन्, ‘म, सुकबहादुर गुरुङ, अशोक, राजमान मिलेर मर्दी घोलमा गएर माउ र बच्चा मारेको हो। सोमबहादुर गुरुङले खाग बोकेको हो। खाग काठमाडौं पुगेपछि लुटियो भन्ने खबर पाएपछि म रन्थनिएर बसेको थिएँ।’

खाग बोक्ने जिम्मा भने सुकबहादुरले पाएका थिए। काठमाडौं, बौद्धमा खाग पुर्‍याएपछि दुई दिनसम्म किनबेचका लागि डिल भएको थियो। तर, अन्तिममा एउटा समूहले खाग लुटिएको बताएको थियो। सीआइबीको अनुसन्धानका क्रममा भने रकम बाँडफाँड गर्नुपर्ने भएपछि अर्को समूहलाई पन्छाउन लुटको नाटक गरिएको पाइएको छ। लुटियो भनेको खाग उनीहरुले हुम्लाका गोपालचन्द्र लामा र रामचन्द्र लामालाई बेचेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरु हिलेसम्म पक्राउ परेका छैनन्।

कहाँ गयो एउटा खाग ?

अहिलेसम्म प्रहरीले बाउ–बच्चाका र मेखबहादुर नेपालीको समूहले लुटेर बेचेका भनिएका चारवटा खागको विवरण मात्र पत्ता लगाएको छ। तर, निकुञ्जमा स्वीप अपरेसन गरेका बेला ४ वटा गैंडा मारिएको पुष्टि भएको थियो। निकुञ्जको बाँदरझुला आइल्याण्ड क्षेत्रमा गत भदौ १७ गते २५/३० वर्षको भाले गैंडा गोली हानी मारेर खाग लगिएको अवस्थामा भेटिएको थियो। 

पक्राउ परेका १७ जनाको बयानबाट समेत ४ वटा गैंडा मारिएको पुष्टि भएको सीआइबीले जनाएको छ। ९ गोलीसम्म हानेर गैंडा मारेको उनीहरुले बताएका छन्। तर, अहिलेसम्म एउटा खागको बारेमा प्रहरी अलमलमै छ। यसबारे पिलर ४ का डिएसपी राई भन्छन्, ‘फरार प्रतिवादी पक्राउ नपरी त्यो खागको बारेमा केही खुल्न सक्ने अवस्था छैन।’

पक्राउ परेका १७ जनामा कसको भूमिका के?

फुर्के कुमालबाट शुरु गरेर प्रहरीले चारवटा गैडा मारिएको घटनाको सफल अनुसन्धान गरेको थियो। काठ तस्करीमा जोडिएका उनको सूचनाकै आधारमा अरु व्यक्ति समातिएका थिए।  

जीतबहादुर कुमाल भने गैंडा मार्ने मुख्य व्यक्ति हुन्। गैंडा मारेको अभियोगमा उनी ५ र १० वर्ष गरेर दूई पटक जेल बसेका थिए। उनकी श्रीमती इन्द्रमाया कुमाल पनि पक्राउ परेकी छन्। उनले श्रीमान जीतबहादुरलाई हरेक पटक गैंडाको शिकार गर्न जाँदा सहयोग गर्ने, खाना बनाउने र कहिलेकाहीँ खाग एक ठाउँबाट अर्को ठाउँमा लैजान समेत सहयोगी भूमिका खेलेको अनुसन्धानबाट खुलेको छ। 

हरि मगर र हरि थारु पनि गैंडा शिकारी हुन्। हरि थारुकी श्रीमती विष्णुमाया पनि गैंडा शिकार गरेको आरोपमा पक्राउ परेकी छन्। उनले हरिलाई शिकारमा सघाएको प्रहरीको दाबी छ।  

शिवनारायण महतो गैंडा मारेको अभियोगमा पहिले जेल बसिसकेका व्यक्ति हुन्। वीरमान प्रजा पनि गैंडा शिकारमा संलग्न हुन्। उनका बाबुआमा दुबैजना गैंडा मारेको आरोपमा जेल बसिरहेका छन्। उनी यसभन्दा अघि चोरीको केशमा जेल परेर छुटेका थिए।

खाग किन्ने मध्येका एक नांगे तामाङ, शिकारी वीरमान प्रजा र रणबहादुर कुमाल क्रमश।

सुकबहादुर गुरुङले भने शिकारीहरुलाई जंगलमा मोटरसाइकलमा पुर्‍याउने, शिकारपछि घरमा ल्याउने गरेका थिए। उनी खाग किनबेच गर्ने बेला ‘बडिगार्ड’ बन्ने गर्थे। डिएसपी राई भन्छन्, ‘सुकबहादुर पोचिङ र ट्रेड दुबैमा सेक्युरेटीको काम गर्ने मान्छे हुन्।’

मेखबहादुर नेपाली गैडाको खाग लुटेर ७० लाखमा बेच्ने व्यक्ति हुन्। सोमबहादुर गुरुङ भने मेखबहादुरको सहयोगी हुन्। कैलाशबाबु आले सुन तस्करीमा जेल बसेर छुटेका व्यक्ति हुन्। पछि मेखबहादुर नेपालीसँग मिलेर खाग लुटपाटमा समेत संलग्न भए। सशस्त्र प्रहरीका पूर्वसिपाही पुरन रेउलेले मेखबहादुरको बडिगार्डको रुपमा काम गरेका थिए। त्यसबापत उनले साढे ७ लाख रुपैयाँ समेत बुझेको अनुसन्धानबाट खुलेको छ।

खाग लुट्न प्रयोग भएको गाडी । साढे ७ लाख रुपैयाँ लिएर आइत तामाङले गाडीको बन्दोबस्त गरेका थिए।

आइत तामाङ खाग लुट्न जाने गाडीको बन्दोबस्त गर्ने, ज्ञानबहादुर रुम्बा हत्कडीको व्यवस्थापन गर्ने व्यक्ति हुन्। योन्जन तामाङ र नांगे तामाङ आइसकेको खागलाई किनेर कर्मा तामाङ मार्फत सप्लाई गर्ने व्यक्ति हुन्। 

गैंडाको खागको माग तिब्बतमा उच्च रहेकाले नेपालमा शिकार गरिएका धेरैजसो गैंडा चीन पुग्ने गरेको सिआइबीका अधिकारीहरु बताउँछन्। चीनमा खाग परम्परागत शैलीको उपचार पद्दतिमा प्रयोग हुनेगरेको बताइन्छ। 


 

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ०९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ प्रहरीका अनुसार बिहीबार करिब ५ बजे ब्रम्हनगरस्थित शाहको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रु... बिहीबार, भदौ २५, २०८३
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्