काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री पद नछाड्ने र छाड्न नमिल्ने बताएका छन्।
हिमालय टिभीका राजेन्द्र बानियाँलाई आइतबार राति दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले 'कम्युनिस्ट आन्दोलनका लागि' पनि आफूले पद नछाड्ने बताए।
'मैले किन छाड्ने, प्रचण्डलाई मनपरी गर्न दिनका लागि?', उनले भने, 'म अहिले पनि सर्वसम्मत नेता, सर्वसम्मत प्रधानमन्त्री हुँ।'
उनले पार्टी प्यालेस र बिहे भोजमा जम्मा भएका भीडले बहुमत छ भन्दैमा आफूले नमान्ने बताए। 'पार्टी प्यालेस, बिहे भोजमा जम्मा भएको भीडले बहुमत छ भन्दैमा हुन्छ? म प्रक्रियाबाट प्रधानमन्त्री भएको हुँ, प्रक्रियामै गए भैगो नि', ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।