काठमाडौं- अम्बे स्टिल्सले नुवाकोटमा डिलर सम्मेलन गरेको छ। कम्पनीका ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलगायत नुवाकोटका व्यवसायीको सहभागितामा कार्यक्रम गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले आफ्ना सेवालाई सुधार गर्दै व्यापक बनाउन डिलर सम्मेलन गरेको जनाएको छ। अम्बे स्टिल्सले आफ्नो भैरहवा र नेपालगञ्जमा रहेका दुईवटा फ्याक्ट्रीबाट दैनिक १४ सय टन छड उत्पादन गर्दै आएको छ।
कम्पनीले एफई ५०० डी छड पनि उत्पादन गरी उपभोक्तामाझ पुर्याउँदै आएको जनाएको छ। सम्मेलनमा कम्पनीका प्रतिनिधिले आफ्नो व्यवसाय विस्तार गर्दै सेवालाई सुधार गरेर अघि बढ्न डिलरहरूलाई आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।