काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वकीय सचिव बिरु तामाङलाई जिम्मेवारीबाट हटाएका छन्।
तामाङलाई आज स्वकीय सचिवबाट हटाइएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए। तामाङले नेकपाको प्रचण्ड–माधव पक्षसँग लबिङ गरेको भन्दै उनलाई हटाइएको हो।
नेकपा दुई भागमा विभाजित भएसँगै गृहमन्त्री थापा केपी ओली समूहमा छन्। तामाङ साविक वाइसिएलका उपाध्यक्ष तामाङ गृहमन्त्री थापसँगै ओली पक्षमा लागेका थिए।
उनले केही समय पहिले सम्पन्न ओली पक्षीय युवा संघको राष्ट्रिय भेलामा आफूहरूले ४० प्रतिशत हिस्सा पाउनुपर्ने माग राखेका थिए।
तर, ओलीनिकट युवा संघका नेताहरूले चार प्रतिशत पनि नदिने भनेपछि तामाङको समूहले भेला बहिष्कार गरेको थियो। सोही भेलाले बचनबहादुर सिंहलाई युवा संघको अध्यक्ष चयन गरेको थियो।
त्यसपछि तामाङले वाइसिएल ब्युँताएका थिए। ओली पक्षले सम्मानजनक स्थान नदिए प्रचण्ड–माधव पक्षमा लाग्ने उनले बताउने गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।