काठमाडाैं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अदालतकाे अवहेलना मुद्दामा जवाफ दिन सर्वाेच्च अदालत उपस्थित भएका छन्।
पुस ५ गते प्रतिनिधि सभा विघटनपछि सडक आन्दाेलनका क्रममा दिएकाे अभिव्यक्तिले अदालतकमा अवहेलना मुद्दा दर्ता भएकाे थियाे।
सर्वाेच्चले दाहाललाई आफै उपस्थित हुन आदेश दियाेकाे थियाे। न्यायाधीश मनाेजकुमार शर्माकाे इजलाशले उनलाई अदालत उपस्थित हुन आदेश गरेकाे थियाे।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली पनि आफै अदालत उपस्थित भएर अवहेलना मुद्दामा जवाफ दिएका थिए। त्यस्तै ४ पुर्व प्रधानन्यायाधीशहरु पनि अदातल उपस्थित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।