• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ ७, २०८३ Thu, May 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

पूर्वप्रधानमन्त्री भट्टराईको दिल्लीमा गरिएको 'डोटा-नक पेट स्क्यान' के हो?

डा अरुण गुप्ता शनिबार, फागुन १५, २०७७  १८:४८
1140x725

केही दिनअघि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत् उपचारका निम्ति आफू भारतको नयाँदिल्ली प्रस्थान गरेको जानकारी गराउनु भएको थियो। उहाँले सामाजिक सञ्जालमा 'आफ्नो शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक छुट्याउन नसकेर विदेशमा छु' भनेर पोस्ट गर्नु भएको थियो। त्यसलगत्तै डा. भट्टराईको स्वास्थ्यलाभको कामनासम्बन्धी शुभकामना सन्देश सामाजिक सञ्जालमा ट्रेन्ड हुन थालेको थियो। 

डा. भट्टराईले आफ्नो उपचार दिल्लीस्थित् इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरि साइन्समा भइरहेको र ट्युमर परीक्षणका लागि बायोप्सीलगायत अन्य जाँच भइरहेको जानकारी दिनु भएको छ। डा. भट्टराईले गत बिहीबार आफ्नो सामाजिक सञ्जालमार्फत् सर गंगाराम अस्पतालमा (आमाशय)मा भएको शंकास्पद न्युरोइन्डोक्राइन ट्युमर (एनइटी)को परीक्षणको लागि 'डोटा-नक पेट (पिइटी) स्क्यान' गरिएको बताउँदै यस्ता स्वास्थ्य परीक्षणको प्रविधि नेपालमा उपलब्ध हुन नसकेकोमा गुनासो पाेख्नुभएको छ। 

डा भट्टराईको उक्त पोस्टपछि उनको उपचारका लागि गरिएको डोटा-नक पेट स्क्यान कस्तो किसिमको परीक्षण हो भन्ने जिज्ञासा उत्पन्न भएको छ। वास्तवमा के हो डोटा-नक पेट स्क्यान? यो जाँच कस्ता किसिमका रोग परीक्षणका लागि गरिन्छ? यस लेखमा मैले सामान्य भाषामा डोटा नक पेट स्क्यानबारे केही जानकारी दिने प्रयास गरेको छु।  

खासमा डा भट्टराईका लागि गरिएको यस परीक्षणलाई ग्यालियम-६८ डोटा-नक पेट/सिटी स्क्यान भनिन्छ। यो विशेष किसिमको पेट/सिटी स्क्यान हो जुन न्युरोइन्डोक्राइन ट्युमर अर्थात् एक प्रकारको क्यान्सरको परीक्षण गर्नका लागि गरिन्छ।  

पेट/सिटी स्क्यान भनेको के हो?
पेट(पिइटी) अर्थात् पोजिट्रोन इमिसन टोमोग्राफी एक प्रकारको अत्याधुनिक इमेजिङ प्रविधि हो। यसमा पोजिट्रोन (रेडियोधर्मी पदार्थको न्युक्लियसबाट निस्कने एक प्रकारको कण) नामक विकिरण निकाल्ने एक प्रकारको रेडियोधर्मी पदार्थ (रेडियोअइसोटोप)को प्रयोग गरी बिरामीको परीक्षण गरिन्छ।

विगत दुई दशकदेखि विभिन्न रोगको पहिचान गर्नका लागि प्रयोगमा आएको यो पेट स्क्यान मेसिन बाहिरबाट हेर्दा सिटी स्क्यान मेसिनजस्तै देखिन्छ। तर, वास्तवमा यो सिटी स्क्यानभन्दा निक्कै जटिल र महंगो उपकरण हो। पेट स्क्यानबाट मानव शरीरभित्रको फिजियोलोजी वा कार्यसंरचना कुनै चिरफार नगरी राम्रोसँग थाहा पाउन सकिने हुनाले विभिन्न प्रकारका रोग, विशेषगरी क्यान्सरका प्रकारहरूको पहिचान प्रारम्भिक चरणमै गर्न सकिन्छ। तर, शरीर संरचनाको जानकारी पेट स्क्यानबाट एकदमै कम मात्र थाहा पाउन सकिने हुनाले वैज्ञानिकहरुले सन् २००२ मा पेट र सिटी स्क्यान मेसिनलाई एक आपसमा जोडेर संयुक्त रुपमा पेट/सिटी स्क्यान मेसिनका रूपमा विकास गरे, जसलाई हाइब्रिड इमाजिङ प्रविधि पनि भनिन्छ।

शरीरको एनाटोमी र फिजियोलोजी दुवै एकैपटक थाहा पाउन सकिने हुनाले पेट/सिटीद्वारा क्यान्सरहरुको पहिचान निक्कै संवेदनशिलता र विशिष्टताका साथ प्रारम्भिक चरणमै हुने विभिन्न अनुसन्धानहरुबाट प्रमाणित भइसकेको छ।  

पेट रेडियो-ट्रेसर के हो?
सिटी स्क्यान गर्न एक्स-रे विकिरणको प्रयोग हुन्छ। जुन सिटी मेशिनमा रहेको एक्स-रे ट्युबले उत्पादन गर्दछ। तर, पेट स्क्यान गर्न एक प्रकारको विशेष औषधि 'पेट रेडियो-ट्रेसर' चाहिन्छ। उक्त पेट ट्रेसर रेडियो केमिस्ट्री प्रयोगशालामा साइक्लोट्रोन वा रेडियोन्युक्लाइड जेनेरेटरबाट उत्पादित पेट रेडियोआइसोटोप (जस्तै: फ्लोरिन-१८, ग्यालियम-६८, नाइट्रोजन-१३ इत्यादि) लाई विशेष किसिमको औषधि (जस्तै: फ़्लुरोडिअक्सिग्लुकोज (एफडिजी), डोटा-नक, डोटा-टक, डोटा-टेट, फ्लुरोडोपा, मिथियोनिन इत्यादि) सँग रियाक्सन (लेबल) गराइ तयार गरिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

यसरी तयार पारिएका पेट ट्रेसरहरुमध्ये मुख्यतः फ्लोरिन-१८-एफडिजी, फ्लोरिन-१८-फ्लुरोडोपा, ग्यालियम-६८-डोटा-नक, ग्यालियम-६८-डोटा-टक, ग्यालियम-६८-डोटा-टेट आदि विभिन्न प्रकारका क्यान्सरहरुको परीक्षण गर्नका लागि निकै प्रचलित छन्। रोगको लक्षण र अवस्था अनुसार विशेषज्ञ चिकित्सकको सल्लाह बमोजिम आवश्यकता अनुसारको पेट ट्रेसरको प्रयोग गरि पेट स्क्यान गरिन्छ। पेट स्क्यान गर्न उक्त पेट ट्रेसर सुइको माध्यमले नसाबाट बिरामीको शरीरभित्र पठाइन्छ र पेट क्यामराको मद्दतले सम्पूर्ण शरीर (टाउको देखि खुट्टासम्म) को चित्र निकालेर रोगको पहिचान गरिन्छ।

ग्यालियम-६८ डोटा-नक भनेको के हो?
ग्यालियम-६८ डोटा-नक एक विशेष प्रकारको पेट ट्रेसर हो जसको प्रयोग न्यूरोइण्डोक्राइन ट्युमरको परीक्षणका लागि गरिन्छ। डा भट्टराईको पेट (आमासय) मा न्यूरोइण्डोक्राइन ट्युमर (एनइटी) हुन सक्ने आशंकामा उक्त ट्युमरको सही पहिचान गर्न तथा त्यसको अवस्था (स्टेजिङ) र प्रोगनोसिस (निको हुन सक्ने सम्भावना) थाहा पाउनको लागि नै ग्यालियम-६८ डोटा-नक पेट/सिटी स्क्यान गरिएको हो।

न्यूरोइण्डोक्राइन ट्युमर धेरै कम मानिसमा फेला पर्ने एक प्रकार को क्यान्सर हो। जसलाई कार्सीनोइड पनि भनिन्छ। न्यूरोइण्डोक्राइन ट्युमरको उत्पति शरीरमा रहेको विशेष प्रकारको न्यूरोइण्डोक्राइन कोषहरूबाट हुने गर्दछ। शरीरको कुनै पनि भागमा हुन सक्ने यो क्यान्सर विशेष गरि प्यानक्रियाज, पेट (आमासय), सानो तथा ठूलो आन्द्रा, फोक्सो आदिमा निकै देखिन्छ।

न्यूरोइण्डोक्राइन ट्युमरका कोषहरूमा सोमाटोस्टाटिन रिसेप्टर (एक प्रकारको प्रोटिन) हरु अत्याधिक मात्रामा उपलब्ध (ओभर एक्सप्रेसन) हुने भएकोले ती सोमाटोस्टाटिन रिसेप्टरहरुको सहयोगले टार्गेटेड पेट इमेजिंग गरिन्छ। टार्गेटेड पेट इमेजिंग गर्न सोमाटोस्टाटिन अनालगहरु (मानव निर्मित पेप्टाइड) जस्तै: अक्ट्रिओटाइड, अक्ट्रिओटेड (छोटकरीमा नक, टक, टेट) लाई चिलेटिंग अजेण्ट (जस्तै: डोटा) र पेट रेडियोआइसोटोप (जस्तै: फ्लोरिन-१८, ग्यालियम-६८) सँग लेबल गराई  पेट ट्रेसर (ग्यालियम-६८ डोटा-नक) तयार गरिन्छ। र, पेट स्क्यान गर्नुअघि नसाबाट बिरामीको शरीरभित्र पठाइन्छ।

ग्यालियम-६८ डोटा-नक पेट/सिटी स्क्यान का फाइदाहरू : 
ग्यालियम-६८ डोटा-नक पेट/सिटी स्क्यानको सहयोगले न्यूरोइण्डोक्राइन ट्युमर (एनइटी) को पहिचान निकै संवेदनशिलता र विशिष्टताका साथ प्रारम्भिक चरणमै गर्न सकिने कुरा विभिन्न अनुसन्धानहरुबाट प्रकाशित शाेधपत्रहरुबाट प्रमाणित भइकेको छ। साथै, क्यान्सर कुन चरणमा छ अवस्था स्टेजिंग, क्यान्सर निको हुन सक्ने सम्भावना अर्थात् प्रोगनोसिस र क्यान्सरको उपचार कत्तिको प्रभावकारी छ अर्थात् ट्रिट्मेण्ट रेस्पोन्स थाहा पाउन पनि ग्यालियम-६८ डोटा-नक पेट/सिटी पेट स्क्यान को प्रयोग गरिन्छ।

नेपालमा यो सेवा उपलब्ध हुने सम्भावना 
हुन त नेपालमा पहिलो पेट स्क्यान मेशिन ५ वर्ष अघिनै भित्रिसकेको थियो। र, हाल सम्म नेपालमा दुई वटा पेट स्क्यानरहरु छन्। तर, नेपालमा आजसम्म साइक्लोट्रोनको स्थापना हुन नसकेकोले पेट स्क्यान गर्न चाहिने पेट ट्रेसर भारतबाट ल्याउनु पर्ने बाध्यता छ। हाम्रो देशमा अहिलेसम्म फ्लोरिन-१८-एफडिजी पेट स्क्यान मात्र हुने गरेको छ।

फ्लोरिन-१८ को हाफ-लाइफ लगभग २ घण्टा हुने भएकोले भारतबाट रेडिमेड फ्लोरिन-१८-एफडिजी हवाईजाहजमार्फत् आयात गरि पेट स्क्यान गरिन्छ। तर, ग्यालियम-६८ को हाफ-लाइफ लगभग १ घण्टा मात्र हुने र ग्यालियम-६८, फ्लोरिन-१८ भन्दा महंगो हुनाले पनि ग्यालियम-६८ पेट स्क्यान नेपालमा हालसम्म पनि उपलब्ध हुन सकेको छैन।

पेट रेडियोआइसोटोपहरुको हाफ-लाइफ धेरै कम हुने हुनाले भारतबाट आयात गर्नु पर्दा पेट ट्रेसर निकै खेर जाने गर्दछ। फलस्वरूप नेपालमा पेट स्क्यानको शुल्क भारतको भन्दा लगभग तीन गुना बढी पर्न जान्छ। नेपालमा महंगो शुल्क अनि सबैखाले क्यान्सरको उपचार उपलब्ध नहुँदा वर्षेनी हजारौं नेपाली क्यान्सरको उपचार गर्न भारततिर जान बाध्य छन्।

नेपालमा हरेक वर्ष लगभग ३० हजार क्यान्सरका नयाँ बिरामी फेला पर्ने केही अनुसन्धानहरुले देखाएको छ। ती ३० हजारमध्ये ७० प्रतिशत रोगीले उपचार नपाइकन आफ्नो ज्यान गुमाउनु परेको अनुसन्धानको तथ्यांकले देखाएको छ। नेपालमा क्यान्सर रोगीको तथ्याङ्क राख्ने आधिकारिक राष्ट्रिय निकाय नहुँदा देशमा रहेका क्यान्सरका बिरामीको संख्या यकिनका साथ भन्न सकिने अवस्था भने छैन। 

यदि नेपालमै साइक्लोट्रोनको स्थापना हुन सके र रेडियोधर्मी पदार्थहरुको आयातमा सहजता आउन सके पेट स्क्यानलगायत न्यूक्लियर मेडिसिनका अन्य थुप्रै सेवाहरु सजिलै उपलब्ध हुन सक्ने थियो। क्यान्सरको परीक्षण र उपचार लागि अत्यावश्यक पेट/सिटी स्क्यान, स्पेक्ट/सिटी स्क्यानलगायत न्यूक्लियर मेडिसिन इमेजिंग तथा रेडियोन्युक्लाइड थेरापीका यी सेवाहरु नेपालमै उपलब्ध हुन सके हाम्रो देश केही हदसम्म क्यान्सर उपचारमा आत्मनिर्भर हुन सक्ने सम्भावना छ।

(न्यूक्लियर मेडिसिनमा विद्यावारिधि गरेका डा गुप्ता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत छन्।)

प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  १८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले
समानीकरण अनुदान कटौतीप्रति स्थानीय सरकारको विरोध
प्रधानमन्त्री खोज्दै संसदमा विपक्षी दलको अवरोध
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले बिहीबार, जेठ ७, २०८३
समानीकरण अनुदान कटौतीप्रति स्थानीय सरकारको विरोध बिहीबार, जेठ ७, २०८३
प्रधानमन्त्री खोज्दै संसदमा विपक्षी दलको अवरोध बिहीबार, जेठ ७, २०८३
विश्वविद्यालयको उपकुलपतिका लागि २१८ आवेदन, छानबिन सुरु बिहीबार, जेठ ७, २०८३
कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘डिजिटल प्लेटफर्म’ बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी बुधबार, जेठ ६, २०८३
संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न बुधबार, जेठ ६, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बिहीबार, जेठ ७, २०८३
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्