काठमाडाैं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजा ठानेको आरोप लगाएका छन्। नेकपा निकट शिक्षकहरुको राष्ट्रिय भेलाहरुलाई शनिबार सम्बाेधन गर्दै दाहालले ओलीले आफूलाई महाराजधिराज नै भएको ठानेर आलोचना पनि नसहने र अरुको कुरै नसुन्ने प्रवृत्ति देखिएको टिप्पणी गरे।
‘बैठकमा बस्नु पनि नपर्ने। अरुका कुरा सुन्न पनि नपर्ने। आलोचना पनि गर्न नहुने’, दाहालले भने, ‘यो त हिजोका महाराजधिराजको चरित्र हो।’ ओली अहिले कम्युनष्टि वर्गको नरहेने प्रचण्डको आरोप छ। ओलीको वर्ग अर्कै भएको भन्दै दाहालले हिजोदेखि कम्युनिष्ट आन्दोलनले जसका विरुद्ध सर्घष गर्यो त्यही वर्गको पक्षपोषण गर्न थालेको उनको आरोप छ।
ओलीसँग सम्झौता जस्तो पनि गर्ने तर, कार्यान्वयन कहिल्यै नर्गने प्रवृत्ति देखिएको दाहालको दाबी छ। ‘पुस ५ गते हाम्रै पार्टीका प्रधानमन्त्रीले नै प्रतिगमनको अगुवाइ गर्ने कार्य गर्नुभयो। अचम्म लाग्दो यो घटना नेपालको कम्युनिष्ट आन्दोलनले देख्नु पर्यो’, दाहालले भने, ‘२ महिनादेखि हामी कम्युनिष्ट आन्दोलनले पाएको उपलब्धी रक्षाग र्न सडकमा आउन परेको छ । यो अनौठो भयो। विश्वले शान्ति प्रक्रियामा भएका सहज कामहरुको रुपमा लियो। अहिले फेरि छोटै समयमा आफैंले बनाएको संविधानमाथि कम्युनिष्ट पार्टीबाटै निर्मम प्रहार भयो ’
कम्युनिष्ट आन्दोलनलाई कालो पोत्ने वा धव्बा लगाउने गरि कम्युनिष्ट पार्टीबाटै आएको कदम आश्चार्यजनक रहेकाे उनको भनाइ छ। शिक्षकहरुको वामपन्थीप्रति आर्कषण बढ्नुमा हाम्रो माटोको भूमिका रहेको उनको दाबी छ।
धेरै नेताहरुको जन्म शिक्षकबाट भएको भन्दै उनले विगतमा भूमिगत र खुल्ला रुपमा शिक्षकहरु राजनीतिक चेतनाको प्रवाहर भएको बताए। 'मैले पनि तीन वर्ष शिक्षण पेशमा बिताएँ। अनि म पूर्णकालीन कम्युनिष्ट आन्दोलनमा लागेको हुँ। म जस्ता धेरै साथीहरु छन्', दाहालले भने।
एमालेलाई बहुमत दिलाउने र 'जनयुद्ध'लाई गाउँ गाउँमा पुर्याउनुमा शिक्षकहरुको भूमिका भएको भन्दै उनले प्रशंसा गरे। समाजवादउन्मुख संविधान कार्यान्वयनको चरणमा रहेको भन्दै दाहालले गाउँ, नगर र टोल-टोलदेखि सबैसँग सम्वन्वय गरेर जनताको जीवनस्तर उकास्दै लैजानुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।