• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार १३, २०८३ Sat, Jun 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बालाजुका विस्थापितको माइतीघरमा आक्रोश- चुप बस्यौं भने राज्यले जिब्रो पनि थुतेर लैजान्छ

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १४, २०७७  १६:५०
1140x725

काठमाडौं- बालाजुमा सडक विस्तार गर्दा स्थानीयलाई विस्थापित गरिएको भन्दै माइतीघरमा प्रदर्शन गरिएको छ। शुक्रबार माइतीघरमा जम्मा भएका स्थानीयहरुले आफ्नो लालपुर्जाको फोटो सहित प्रदर्शन गरेका हुन्।

बृहत् नागरिक आन्दोलन, उपत्यका सडक विस्तार पीडित संघर्ष समिति, नेवाः देय् दबूको संयोजनमा विभिन्न खलःपुचः/मोर्चा/अभियानहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले 'सर्वोच्चको आदेशको पालना गर', 'डोजर आतंक बन्द गर', 'कानुनी राज्य कायम गर', 'राष्ट्र के हो जनता र मातृभाषा बिना?', 'मेरो नेपाल भाषा बोल्दा नेपाल प्रहरीले नबोल भन्न पाइन्छ?', 'मेरो भाषा बोल्दा प्रहरी हवल्दारले किन रोके?', 'मेरो घर त भत्काइहाले मातृभाषा पनि नबोल रे', 'बालाजु बाइपास पीडितलाई पुनर्स्थापना गर' लगायतका नारा सहित प्रदर्शन गरेका थिए।

मापदण्ड मिचेर भइरहेको सडक विस्तारका विरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले दिएको अन्तरकालीन आदेशलाई समेत पालना नगरिएको स्थानीयको भनाइ छ। 'सर्वोच्चले दिएको अन्तरकालीन आदेशमा छलफलबाट टुंगो नलागेसम्म निवेदकहरुको घर आँगनमा प्रवेश गर्ने, अनाधिकृत रुपमा कब्जा गर्ने, भत्काउने जस्ता कुनै कार्य नगर्न नगराउनु भनेर स्पष्ट रुपमा आदेश दिएको छ', स्थानीयबासी रवीन्द्र कुमार श्रेष्ठले भने। तर आदेशपछि पनि घरहरु भत्काउने काम भएको उनले बताए।

केही दिनअघि राखिएको जस्ताको बारलाई भने स्थानीयले भत्काइदिएका थिए। त्यसमा सहभागी अभियन्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो। प्रहरी वृतभित्र अभियन्ताहरुलाई मातृभाषामा कुरा गर्न दिइएको थिएन। 'हामीले नेवारीमा कुरा गरेका थियौं। तर ड्युटीमा रहेका प्रहरीले नेवारीमा कुरा गर्न पाइँदैन भने। हामीले प्रतिवाद गर्‍यौं', श्रेष्ठले भने।

माइतीघरमा प्रदर्शनकारीले आफ्नो भाषामा कुरा गर्न बन्देज लगाइएको भन्दै आक्रोश व्यक्त गरेका थिए। 

'जंगबहादुर बेलायत जाँदा राष्ट्रिय गीत 'राजमती कुमती' गाएर आउने। आज हाम्रै नेपालमा हामीले आफ्नै नेवारी भाषा बोल्दा प्रहरी थुनामा बस्नुपर्ने? कस्तो दमन हो? नेवार भाषामाथि कस्तो दमन हो?', माइतीरमा प्रदर्शनकारीलाई सम्बोधन गर्दै अभियन्ता निरा महर्जन ताम्राकारले भनिन्।

उनले गुठी विधेयकमा दुईतिहाइ सरकार कसरी हल्लिएको थियो, त्यही दिन नदोहोरियोस् भनेर चेतावनी दिइन्। उनले गणतन्त्र राणाकालभन्दा पनि दमनकारी भएको बताइन्। 'सामाजिक सञ्जालमा केही लेख्यो भने समात्नलाई पुलिस घरमै आउँछ। यस्तो पनि गणतन्त्र हुन्छ? यस्तै हो भने हामीलाई नेता पनि चाहिँदैन, गणतन्त्र पनि चाहिँदैन', उनले भनिन्।

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै, विद्या श्रेष्ठले बोल्दाबोल्दा आफूहरु थाकिसकिएको बताइन्। 'अब एक्सनमै जानुपर्ने बेला आइसकेको छ', उनले भनिन्।

उनले आफूहरुले मातृभाषा बोल्न नपाउने भन्दै प्रश्न गरिन्। 'यो नेवा भूमिमा यहाँको रैथाने हुँ म। मेरो घर लैजाने, मेरो जग्गा लैजाने, मेरै भाषा मास्ने?', उनले भनिन्, 'आज हामी चुप लागेर बस्यौं भने भोलि तपाईंको घर, खेत मात्रै होइन, जिब्रो थुतेर लैजान्छ।'

त्यस्तै, सन्तप्रकाश श्रेष्ठले आफूहरुलाई असाध्यै अन्याय भएकाले माइतीघरमा आएर प्रदर्शन गर्नुपरेको बताए। 'हामीलाई गाह्रो भयो। बाँच्नै गाह्रो भयो। हाम्रो घर नहुने भयो। जग्गा नहुने भयो। भाषा नहुने भयो। संस्कार नहुने भयो', उनले भने।

उनले सर्वोच्चको आदेश पनि नमानेर सरकारले पेलेको पेल्यै गरेको बताए। घर भत्काइएका कारण कैयौं फुटपाथमा आइपुगेको बताए।

लेखक तथा विश्लेषक उज्जल प्रसाईले विकास भन्ने कुरामा ठूलो शंका उत्पन्न भइरहेको बताए। 'सडक विस्तार गर्ने नाममा मान्छेको घरभित्रै सडक पुर्‍याइएको छ। घरलाई नै संरक्षण गर्न सकिएन भने विकासको के अर्थ हुन्छ?', उनले भने, 'यस खालको विकासको भ्रममा हामी नपरौं। यस्तो विकासले मुठ्ठीभर मान्छेलाई मात्रै धनी बनाउँछ। खास जाति र खास वर्गलाई मात्रै सेवा गर्छ।'

त्यस्तै अभियन्ता नरेश ताम्राकारले आफ्नो मातृभाषामा बोल्दा गणतन्त्र र लोकतन्त्रको युगमा समेत हत्कडी लगाउनुपरेको बताए। 'नेपाल भाषा मलाई प्राणभन्दा पनि प्यारो छ। त्यसलाई जोगाउनको लागि जस्तोसुकै बलिदानी दिन पनि तयार छौं', उनले भने।

माइतीघरमा प्रदर्शन सकिएपछि माइतीघरदेखि कमलपोखरीसम्म मार्च गरिएको थियो।

कमलपोखरी पुगेर त्यहाँ कंक्रिटको संरचना बनाउने प्रयत्नको सांकेतिक प्रतिरोध गरिएको छ। हाल पोखरी सुकेको अवस्था छ। त्यहाँको माटो भने चिराचिरा परेको देख्न सकिन्छ। पोखरीको बीच भागमा काठमाडौं महानगरपालिकाले कंक्रिटका केही संरचना बनाइरहेको छ। पोखरीको परिधि पनि हाल निर्माणाधीन छ।

पोखरीको बीचमा निर्माण गर्न लागिएको कमलको फूल लगायतका संरचनाको आधारलाई उनीहरुले भत्काइदिएका हुन्। पोखरीमा जथाभावी बनाइने संरचनाले मौलिकता मासिने भन्दै सांकेतिक प्रतिरोध गर्नुपरेको उनीहरुको भनाइ छ।

प्रतिरोधमा उत्रिएकाहरुले कमलपोखरीको मौलिकता मास्न नपाइने भन्दै नाराबाजी गरेका थिए। त्यसक्रममा प्रहरीसँग केहीबेर धकेलाधकेल समेत भएको थियो।

विकासको भ्रष्ट सोंचलाई माटो नचाहिने भन्दै पत्रकार तथा बृहत् नागरिक आन्दोलनका एक जना अगुवा नारायण वाग्लेले आक्रोश व्यक्त गरे। 'कथित विकासको भ्रष्ट धारणालाई माटो चाहिँदैन। उनीहरुलाई सिमेन्ट चाहिन्छ। पोखरी चाहिँदैन,  ढलान चाहिन्छ। काठमाडौं माटोको भूमि हो। यो भ्रष्ट सोंच, जसलाई माटो चाहिँदैन, सिमेन्ट चाहिन्छ', उनले भने।

उनले नेपालको प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदामाथिको भद्दा मजाकलाई नागरिकहरुले गोलबद्ध भएर सम्बोधन गरेको बताए। 'काठमाडौंको सम्पदा विरुद्ध, प्रकृति विरुद्ध यही क्रम जारी रह्यो भने नागरिहरु थप बृहत् रुपमा आन्दोलित भएर संघर्ष भूमिमा उभिने छन्,' उनले भने।

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने
सम्बन्धित सामग्री
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित चितवनमा भएको प्रथम महाधिवेशनबाट आचार्य महामन्त्री पदमा निर्वाचित भएका हुन्। शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम विजयी भएकी हुन् । शुक्रबार, असार १२, २०८३
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आजै हुने भएको हो । शुक्रबार, असार १२, २०८३
ताजा समाचारसबै
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने शुक्रबार, असार १२, २०८३
कार्यकर्तालाई प्रचण्डको निर्देशन : एमालेसँग सहकार्य हुँदैछ, मेरो अन्तिम क्रमभंग हेरेर अघि बढ्नुस् शुक्रबार, असार १२, २०८३
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्