काठमाडाैं- प्रतिनिधि सभा विघटन भएपछि दुवै पक्षमा नरहेका नेकपा नेता वामदेव गौतमले सक्रियता देखाएका छन्।
बिहीबार पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका गौतमले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक घन्टा भेटेका छन्। नेकपा पार्टी एक हुनुपर्ने भन्दै आएका गौतम सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना भएपछि फेरि सक्रिय भएका हुन्।
गौतमका स्वकीय सचिव दीपक टमाटाले प्रधानमन्त्री ओलीसँग नेकपाको एकता र अर्का अध्यक्ष दाहालसँग भएको कुराकानीका बारेमा छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।