काठमाडाैं– दक्षिण काेरियाली चलचित्र र सिरिजलाई आफ्नो प्लेटफर्ममा ल्याउन नेटफ्लिक्सले ५० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ।
अमेरिकी चलचित्र अनलाइन प्रणाली नेटफ्लिक्सले दक्षिण कोरियाली चलचित्र र सिरिजको व्यापारलाई व्यापक बनाउने उद्देश्यले लगानी गर्न लागिएको जनाएको छ।
दक्षिण कोरियाबाट ३८ लाख दर्शकले शूल्क तिरेर सस्क्राइब गरिसकेकाे नेटफ्लिक्सले जनाएकाे छ।
सन् २०१५ देखि सन् २०२० सम्म नेटफ्लिक्सले चलचित्र र सिरिजलाई आफ्नो प्लेटफर्ममा ल्याउन ७० करोड अमेरिकी डलर खर्च गरिसकेको छ।
नेटफ्लिक्सले ८० ओटा स्थानीय शोहरुको स्थानीय स्तरमा निर्माण गरिसकेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।