काठमाडौं–गल्ती जोसुकैको होस्, आफूलाई गलत देख्ने आँखा सबैको बन्द हुन्छ। यसको फल भोग्नुपर्छ कुरा सुन्ने श्रोताले।अहिले यस्तै एक घटना घटेको छ, फिल्मवृत्तमा। बिहीबार धरानको प्रहरी कार्यलय पुगेर चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानले आफू दुर्व्यवहारमा परेको भन्दै मुद्दा दायर गरे। नायक पल शाहले आफूलाई दुर्व्यवहार गरेको अरुणको बताएका छन्।
म्युजिक भिडियो सुटिङका लागि धरानमा रहेका पलले आफूमाथि दुर्व्यवहार गरेको अरुणको आरोप छ। त्यति मात्रै हैन, म्युजिक भिडियो निर्देशनमा सहयोग गरिरहेका कृष्णप्रसाद जोशीले त आफूलाई हातपात नै गरेको उनले बताए।
यता नायक पल शाह भने आफूले दुर्व्यवहार गरेको नभई उल्टै आफूमाथि दुर्व्यवहार भएको बताउँछन्। ‘खाना खाने समयमा अरुणजीले मलाई र मेरा सहयोगी जोशीलाई दुर्व्यवहार गरे,’ धरानमा रहेका पलले भने।
अरुणजीले एउटा कार्यक्रमका लागि जानुपर्छ भन्ने आग्रह गरेको बताउँदै पलले यसबारे आफ्ना सहयोगी कृष्णसँग कुरा गर्न अनुरोध गरेको तर यो भाइ ठूलो मान्छे पो भएछ, यसको नाम हटाइदिन्छु भन्दै अरुणले औंला ठड्याएको बताए। पलले अगाडि भने, ‘अनि मेरो सहयोगीले हामी यहाँका पाहुना हौं, बोल्ने तरिका यहि हो भन्दा उल्टै उनी हात हाल्न आए।’
कृष्ण र अरुणबीच धकालाधकाल भएको भने पलले स्वीकारे। अरुणको उजुरीपछि शुक्रबार दिउँसो दुवैलाई छलफलका लगि इलाका प्रहरी कार्यलय धरान बोलाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।