काठमाडाै–प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओली बिहीबार साँझ शीतल निवास पुगेका हुन्।
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच निवास शीतलनिवासमा बिहीबार साँझ ७ः१० देखि ८ः४५ बजेसम्म भेटवार्ता भएको बालुवाटार स्रोतले जनाएको छ।
सर्वोच्चको फैसलापछिको देशको राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री शितलनिवास पुगेको स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।