काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रक्रिया अघि नबढेसम्म कांग्रेसले कुनै निर्णय नगर्ने बताएका छन्।
कांग्रेसको बिहीबार बसेको पदाधिकारी बैठकबाट निस्केपछि प्रतिक्रिया दिँदै उनले सरकारमा जाने, अविश्वासको प्रस्तावमा सघाउने लगायतका विषयमा तत्काल निर्णय नलिने बताएका हुन्।
उनले भने, ‘छोरा नजन्मिइ कन्दनी बाट्ने कुरा हुँदैन। संसदीय प्रक्रिया अगाडि नबढी हामी कसैलाई सघाउने, मोर्चाबन्दी गर्ने आदि कुराको निर्णय गर्दैनौं।’
उनले सर्वोच्च अदालतले लोकतन्त्र, संसदीय व्यवस्था र विधिको शासन जोगाएकोमा ‘सन्तोष मानेको’ बताएका छन्। संसदीय प्रक्रिया अगाडि नबढी नेपाली कांग्रेसले गर्ने कुरा केही नभएको पाैडेलको भनाइ छ।
अहिले नेकपाका दुवै समूहले गरेका प्रस्ताव आफूले नमान्ने उनले बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका हिसाबले तुरुन्तै राजीनामा दिनुपर्ने उनको भनाइ छ। उनले भने, ‘नैतिकताको कुरा हो भने भंग गरेको संसद्मा उहाँ कसरी जानुहन्छ? के मुखले जानुहुन्छ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।