काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सरकारको नेतृत्व गर्न नेपाली कांग्रेसलाई आएको प्रस्तावको अर्थ नभएको बताएका छन्। 'हामीलाई सरकारको नेतृत्व गर्ने बारे कसैले केही भने पनि त्यसको अहिले कुनै अर्थ छैन। अर्थ नभएको कुरामा हामी दौडिने कुरा छैन', उनले भने।
बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बोलाइएको पदाधिकारी बैठकमा सहभागी भएर निस्किएका महतले नेताहरुको बीचमा कुरा हुने र प्रस्ताव आउने सामान्य भएको बताए। 'कुरा आउँदैमा हामीले गम्भीर रुपमा लिनु हुँदैन', उनले भने।
उनले सरकारको नेतृत्वको बारेमा अहिले भन्नु अपरिपक्व हुने बताए। 'नेकपा कसरी अगाडि बढ्छ, त्यसपछि मात्रै कांग्रेसको भूमिका हुन्छ या हुँदैन। भूमिका हुने अवस्थामा हामीले के गर्नुपर्छ भन्ने कुरा त्यसबेलामा निर्णय गर्छौं', उनले भने।
संसद् बैठक बसेर अगाडि बढ्ने परिस्थिति अनुसार कांग्रेसले आफ्नो निर्णय लिने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।