• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

देशकै ठूलो ट्रान्सपोर्ट कम्पनी पशुपति क्यारियर राजस्व छलीमा मुछियो

64x64
सविन मिश्र बिहीबार, फागुन १३, २०७७  १५:१५
1140x725

काठमाडौं- नेपालकै ठूलो ट्रान्सपोर्ट कम्पनीमध्येको एक पशुपति क्यारियर राजस्व छलीमा मुछिएको छ। नेपाल र भारतका विभिन्न सहरमा ट्रान्सपोर्ट सेवा दिने यो कम्पनी गैरकानुनी कारोबारमा संलग्न रहेको पाइएको हो। 

राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा पशुपति क्यारियरकै संलग्नतामा अवैध व्यापार भइरहेको र त्यसबाट राजस्व छली भइरहेको सूचना आएपछि विभागले गत बिहीबार कम्पनीमा छापा मारेको थियो। अहिलेसम्म गरिएको प्रारम्भिक अनुसन्धानमा कम्पनीले १५ करोड रूपैयाँभन्दा धेरै राजस्व छली गरेको भेटिएको विभाग स्रोतको दाबी छ। 

'पशुपति क्यारियर जोडिएका कारोबारको विवरण संकलन सकिएको छैन, उनीहरूको धेरैवटा कारोबारमा संलग्नता रहेको भेटिएको छ,' अनुसन्धानमा संलग्न एक अधिकारीले भने, 'अहिले हामी अनुसन्धानकै क्रममा छौँ, धेरै विषय खुल्न बाँकी छ।' 

कसरी खुल्यो रहस्य?
भैरहवामा रहेको न्यू मनकामना सप्लायर्सले मूल्य अभिवृद्धि करको विवरण पेश गर्दा २० लाख रूपैयाँ मात्रै कारोबार भएको विवरण पेश गर्‍यो। तर, कम्पनीले काठमाडौंमा सामान पठाउँदा भने महँगो मूल्यका सामान पठाउने गरेको विवरण भेइकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस)मा प्रविष्ट गरायो। 

यो विवरण राजस्व अनुसन्धान विभागको प्रणालीमा सुरक्षित रह्यो। न्यू मनकामनाले कर कार्यालयमा बुझाएको विवरणसँग उसले भिसिटिएस गर्दा भरेको विवरण बाझियो र राजस्व अनुसन्धान विभागले त्यसलाई नियन्त्रणमा लियो। 

'विभागले बनाएको पद्दतिले काम गर्न थाल्यो भनेर हामीले बुझ्नुपर्छ,' विभागका महानिर्देशक दीर्घराज मैनाली भन्छन्, 'कारोबार लुकाउने प्रवृत्ति रोक्न यसले काम गरेको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्छ।' विभागले अन्य फर्मको पनि यस्तै अध्ययन गरिरहेको उनले बताए। 

पशुपतिको कनेक्सन
नेपाल र भारतका विभिन्न सहरबाट सामान ओसारपसार गर्ने पशुपति क्यारियरले न्यू मनकामनासँग कारोबार गरिरहेको छ। भारतबाट भन्सार छलेर ल्याइएको कपडा पशुपति क्यारियरमार्फत् भैरहवाबाट काठमाडौं पठाउन लागेको अवस्थामा राजस्व अनुसन्धान विभागले छापा मारेको थियो। 

भन्सार छलेर ल्याइएका कपडा काठमाडौंका विभिन्न मलहरूमा पठाउने गरेको सरकारी अधिकारीहरूले बताएका छन्। त्यसैक्रममा पशुपति ट्रान्सपोर्टमार्फत् राजस्व छलीका सामान ओसारपसार गरेको पाइएपछि विभागले पशुपतिमाथि अनुसन्धान अघि बढाएको हो। 

Ncell 2
Ncell 2

'न्यू मनकामनाले कारोबार गरेका फर्महरूमाथि अनुसन्धान गर्दै जाने क्रममा पशुपति क्यारियरमाथि पनि अनुसन्धान अघि बढाएका हौँ, उनीहरूको कारोबार शंकास्पद छ,' स्रोतले भन्यो, 'भन्सार छलेर ल्याइएका सामान भिसिटिएस दर्ता गर्दै विभिन्न व्यवसायीको फर्मसम्म आपूर्ति गर्ने गरेको पाइएको छ।' 

पशुपति क्यारियरका सञ्चालक हुन् आरपी गुप्ता। उनका भाइ महेन्द्र गुप्ताले पनि यो व्यवसाय सम्हालिरहेका छन्। राजस्व अनुसन्धान विभागमा गएर महेन्द्रले यो मुद्दामा बयान पनि दिइसकेका छन्। गुप्ताले आफ्नो कर्मचारीको बदमासीले यो घटना भएको र यसमा संस्थागत संलग्नता नभएको दाबी बयानमा गरेका छन्। 

तर, अनुसन्धान गर्ने अधिकारीहरू भने एउटा कर्मचारीले मात्रै यति ठूलो बदमासी गर्न नसक्ने बताउँछन्। 'एउटा मात्रै कर्मचारीले गैरकानुनी रूपमा आयात भएको सामान प्रणालीमा हालेर अन्यत्र पठाउने गर्न सक्दैन,' विभाग स्रोतले भन्यो। 

सूचना आदान-प्रदान नहुँदा समस्या
गैरकानुनी रूपमा नेपाल भित्रिएका वस्तु बजारमा खुलेआम बिक्री हुने अवस्थाको अन्त्य गर्न आन्तरिक राजस्व विभाग र भन्सारको सूचना प्रणालीमा अन्तरआवद्धताको प्रयास अघि बढाइएको छ। अर्थ मन्त्रालयले दुई निकायबीच सूचना आदानप्रदान गर्ने र बजारमा हुने गैरकानुनी कारोबार रोक्ने गरी प्रणाली निर्माणको काम अघि बढाए पनि त्यो अहिलेसम्म टुंगिएको छैन। 

'भन्सारमा कति मूल्य घोषणा भएको वस्तु बजारमा कुन मूल्यमा कारोबार भइरहेको छ भन्ने ट्रयाकिङ हुने हो भने अवैध व्यापार घट्दै जान्छ,' अनुसन्धान अधिकारीहरू भन्छन्, 'अहिलेसम्म त्यस्तो प्रणाली बनिसकेको छैन, जसका कारण नियन्त्रणमा समस्या भइरहेको छ।' 

भन्सार र बजारको सूचनामा आवद्धता हुने हो भने कुन वस्तु भन्सारमा कतिमा घोषणा भएर आयात भयो थाहा हुन्छ। भन्सार छलेर ल्याइने वस्तु घोषणा नभइ आउने भएकाले उनीहरूको बारेमा झन् छिटो अनुसन्धान अघि बढाउन सकिन्छ। 'हामीले धेरै जालोभित्र पसेर खोजिरहेका छौँ, यो विषय जटिल छ,' अनुसन्धानमा संलग्न ती अधिकारीले भने। 

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य बढ्यो आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर तीन लाख ३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको... आइतबार, माघ ११, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । शुक्रबार, माघ ९, २०८२
सुनचाँदीको मूल्य घट्यो महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला २ ह... बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम सोमबार, माघ १२, २०८२
राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह आइतबार, माघ ११, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, यस्तो छ सूची ! आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
काँग्रेसले १६ गते जनकपुरधाममा गर्ने भनिएको चुनावी सभा स्थग आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्