• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ललिता निवास प्रकरण : को थुनिए, को कति धरौटीमा छुटे? [सूचीसहित]

64x64
दुर्गा दुलाल शुक्रबार, फागुन १४, २०७७  ०७:३३
1140x725

काठमाडौं- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको अभियोगमा मुद्दा दायर भएका व्यक्तिहरूमध्ये १२३ अभियुक्त विशेष अदालत उपस्थित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा जफतको मागदाबीसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अभियुक्त अदालतमा हाजिर हुने क्रम जारी छ।

यही अभियोगमा मुद्दा दायर भएका ५२ जना अझसम्म पनि फरार छन्। फरार हुनेहरूको सूचीमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादार र मुख्य बिचौलिया भनिएका रामकुमार सुवेदी पनि छन्। 

जग्गा कीर्ते प्रकरणमा विशेष अदालतमा हाजिर भएकामध्ये तीन अभियुक्त पुर्पक्षका लागि थुनामा गएका छन्। मुख्य अभियुक्त शोभाकान्त ढकाल, भौतिक पूर्वाधार मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यात र डिल्लीबजार मालपोत कार्यालयका अधिकृत कृष्णप्रसाद पौडेललाई मात्र थुनामा पठाउने आदेश विशेष अदालतले गरेको हो।  यीमध्ये पौडेल सर्वोच्चबाट धरौटीमा छुटेका छन् भने बस्न्यात र ढकाल थुनामै छन्।

४८ जनालाई अदालतले खोजेको समयमा उपस्थित हुने गरी साधारण तारेखमा रिहा गरेको छ। विशेषले धरौटी नलिई रिहा गरेको उच्च तहका व्यक्तिमा पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशी रहेका छन्। 

अख्तियारले ११० जनालाई आरोपीका रूपमा र ६५ जनालाई जग्गा फिर्ताका लागि प्रतिवादी बनाएको थियो। अख्तियारले चार पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १७५ जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारकै पूर्वप्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी तथा जग्गा खरिदबिक्री गर्नेविरुद्ध पनि मुद्दा दायर भएको थियो।

जो थुनामा गए 
१. दीप बस्न्यात:
 अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त बनिसकेका दीप बस्न्यात यही प्रकरणका एक हाइप्रोफाइल अभियुक्त हुन्। २०३२ सालमा बाँके कोहलपुर सडक डिभिजन कार्यालयको लेखा अधिकृत भएका बस्न्यात त्यसपछि निरन्तर मालपोत कार्यालय, कर कार्यालय, भन्सार कार्यालयका प्रमुख तथा श्रम कार्यालय, आन्तरिक राजस्व विभागलगायतका निकायमा महानिर्देशक भएका थिए।

बस्न्यातले जागिरे अवधिमा आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, श्रम विभाग, कलकत्ता (भारत)का लागि नेपाली महावाणिज्यदूत, अख्तियार, भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिवजस्ता पदमा रहेर काम गरे। उनी भौतिक पूर्वाधार मन्त्रालयको सचिव हुँदा उक्त जग्गा प्रकरणमा उनी मुख्य मतियार देखिएका थिए। मंसिर २८ गते बस्न्यात विशेष अदालत उपस्थित भएका थिए। विशेष अदालतमा आफ्ना कानुन व्यवसायी र धरौटीका लागि बैंक ग्यारेन्टीसमेत जोहो गरेर अदालत पुगेका बस्नेतलाई साँझ ६ बजे अदालतले पुर्पक्षका लागि थुनामा पठायो। यसरी थुनामा जाने उनी दोस्रो प्रतिवादी थिए।

यो पनि पढ्नुहोस्

पञ्चायतदेखि प्रचण्डसम्मका प्रिय पात्रको जेलयात्राआइतबार, मंसिर २८, २०७७

बस्न्यातअघि अदालत उपस्थित भएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा रिहा भएका थिए भने छविराज पन्त ५ लाख धरौटीमा रिहा भएका थिए। उनी पनि रिहा हुने आस बोकेर अदालत पुगेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

२९ चैत २०६६ को मन्त्रिपरिषद् बैठकले नक्कली मोही खडा गरेर सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको थियो। जग्गासम्बन्धी विषय भूमिसुधार मन्त्रालयको क्षेत्राधिकार भएपनि नाटकीय रूपमा भौतिक पूर्वाधार मन्त्रालयबाट अघि बढाइएको थियो। त्यसबेला विजय गच्छदार भौतिकमन्त्री थिए भने बस्न्यात सचिव। 

सचिव बस्न्यातले फाइल उठाए भने मन्त्री गच्छदारले स्वीकृत गरेर मन्त्रिपरिषदमा लगेका थिए। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको मन्त्रिपरिषद्ले यो फाइल सदर गरेपछि सरकारी जग्गा व्यक्तिको नाममा गएको थियो।

यसरी भौतिक मन्त्रालयमा रहँदा बालुवाटार प्रकणमा मुछिएका बस्न्यातले विशेषको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा निवेदन दिएका थिए। सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गर्ने आदेशसमेत गरेको छ। अर्को सुनुवाइमा धरौटीमा छोड्ने वा नछोड्नेबारे सर्वोच्चले निर्णय लिनेछ। 

२. शोभाकान्त ढकाल: मुख्य बिचौलियको रूपमा देखा परेका शोभाकान्त ढकाल म्याद जारी भएको करिब एक वर्षपछि विशेष अदालत उपस्थित भएका थिए। अख्तियारले अभियोगपत्र दायर गर्ने समयमा फरार रहेका ढकाल माघ २८ गते विशेष अदालत हाजिर भएका थिए। 

मुख्य अभियुक्त मानिएका ढकाल पनि बैंक ग्यारेन्टीको तयारीसहित अदालत उपस्थित भएका थिए। उनीभन्दा अघि भाटभटेनीमा मालिक मीनबहादुर गुरुङ उपस्थित भएका थिए। उनलाई विशेष अदालतले २ करोड धरौटीमा रिहा गरेपछि ढकाल हाजिर भएका थिए। तर, ढकाललाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गर्‍यो। 

न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको हो। ढकाल र रामकुमार सुवेदीले संयुक्त रुपमा उक्त जग्गा व्यक्तिको बनाउने कार्यमा मुख्य बिचौलियाको भूमिका निभाएको आरोप अभियोगपत्रमा छ। सुवेदी लेखापढी व्यवसायीसमेत भएकाले उनको सहयोगमा चलखेल भएको आरोप छ।

यो पनि पढ्नुहोस्

ललिता निवास प्रकरण : शोभाकान्त ढकाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेशबुधबार, माघ २८, २०७७

समीरजङ्ग कम्पनीका नामबाट व्यक्तिको नाममा मोही कायम गराउँदै ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाएको आरोप उनीहरूमाथि लागेको छ। ललिता निवास प्रकरणमा छानबिन र बयान गर्दा अधिकांश प्रतिवादीले ढकालको नाम लिएका थिए। ढकालले आफू, श्रीमती र छोरा र छोरीको नाममा समेत बालुवाटारको जग्गा राखेको पाइएको थियो। उनले उक्त जग्गा राखेर आइएमई इन्स्टिच्युसनबाट १ करोड ९० लाख ऋणसमेत लिएका थिए। त्यस्तै, सोही स्थानको सन्दीप ढकालका नामको जग्गा राखेर यती विकास बैंकबाट ४९ लाख रुपैयाँ ऋण लिइएको पाइएको थियो। 

आयोगले विशेषमा दायर गरेको अभियोगपत्रमा शोभाकान्तकी श्रीमती उमासँग ९१ लाख २० हजार र ढकालसँग २९ करोड २७ लाख ९८ हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ। 

ढकालले यसरी व्यक्तिगत बनाएको सम्पत्ति बिक्री गर्नेदेखि बकसमा दिनेसम्मका कार्य गरेको अभियोगपत्रमा उल्लेख छ। ढकालले नै सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलका छोरालाई जग्गा बिक्री गरेका थिए। यो प्रकरणमा ढकालसँग पौडेलसमेत जोडिए पनि उनीविरुद्ध भने मुद्दा दायर भएन। 

३. कृष्णप्रसाद पौडेल: मालपोत कार्यालय डिल्लीबजारका प्रमुख कृष्णप्रसाद पौडेल ललिता निवास जग्गा प्रकरणमा सबैभन्दा पहिला हाजिर भएका प्रतिवादी हुन्। २०७६ फागुनमा विशेष अदालतले अदालत उपस्थित हुन म्याद जारी गरेपछि पौडेल चैत ३ गते विशेष हाजिर भएका थिए। सुरुमै हाजिर भएका उनलाई अदातलले करिब ३ घन्टा बयानपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्‍यो। अदालत हाजिर हुने पहिलो व्यक्ति नै थुनामा गएपछि लामो समयसम्म अन्य प्रतिवादीहरू अदालत हाजिर भएनन्। पौडेलका तर्फबाट २०७७ जेठ २३ गते सर्वोच्चमा विशेषको निर्णयविरुद्ध निवेदन दर्ता भयो। 

उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको गर्‍यो। सर्वाेच्चको यो आदेशपछि उनी करिब २ महिना थुनामा बसेर धरौटीमा छुटे।

यो पनि पढ्नुहोस्

बालुवाटार जग्गा प्रकरण : थुनामा रहेका तत्कालीन मालपोत अधिकृत पुगे सर्वोच्च, कैफियत माग्ने अदातलको आदेशमंगलबार, जेठ २७, २०७७

पौडेललाई असार २३ गते सर्वाेच्चले २ लाख धरौटीमा रिहा गरेको हो। अख्तियारले पौडेलसँग ३२ करोड १९ लाख २० हजार धरौटी माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनी मालपोत कार्यालय डिल्लीबजारमा रहँदा फाइल उठाउनेदेखि अन्य कार्यमा संलग्न भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। 

जो धरौटीमा छुटे 
१.डम्बर श्रेष्ठ:
पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ विशेष अदालतबाट २०७७ असोज १२ गते धरौटीमा छुटे। २०७६ फागुनमा विशेषले म्याद जारी गरेको थियो। उनी विशेष अदालतमा चार घन्टा बयानपछि ५ लाख धरौटीमा रिहा भएका थिए। 

अख्तियारको बयानका क्रममा मन्त्री श्रेष्ठले भूमि सुधार विभाग हुँदै मन्त्रालय आएपछि तत्कालीन सचिव छविराज पन्तले मन्त्रिपरिषदमा प्रस्ताव लैजान भनी ल्याएको प्रस्तावमा आफूले हस्ताक्षर गरेको बयान दिएका थिए। सोही टिप्पणी सदर गरेको अभियोगमा उनलाई मुद्दा चलाइएको थियो। अख्तियारले मन्त्री श्रेष्ठसँग ९ करोड ६५ लाख ७६ हजार विगो दावी गरेको थियो। 

२.छविराज पन्त: तत्कालीन सचिव पन्त २०७७ असोज १५ गते विशेष अदालत उपस्थित भएका थिए। उनलाई बयानपछि विशेषले ५ लाख धरौटीमा रिहा गरेको थियो। पूर्वमन्त्रीसमेत रहेका पन्तले भूमि सुधार विभागबाट आएको टिप्पणीलाई मन्त्रिपरिषदमा पेस गर्ने भनी विभागीय सचिवका रुपमा टिप्पणी उठाएर मन्त्री समक्ष पेस गरेका थिए । अख्तियारले उनीसँग पनि ९ करोड ६५ लाख ७६ हजार विगो दावी गरेको थियो। 

३. मीनबहादुर गुरुङ: आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्र अनुसार बालुवाटारको सरकारी जग्गाको गैरकानुनी किनबेचमा सबैभन्दा धेरै जग्गा भाटभटेनी डिमार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङको परिवारसँग देखिएको थियो। उनीसँगै उनका छोरा कल्याण गुरुङ‚ छोरी तथा सहोदर भाइ र बुहारीसमेतको संलग्नता रहेको भेटिएको थियो। 

गुरुङका छोरा कल्याण, छोरी कामना, भाइ पहलमान र बुहारी सरला गुरुङले सरकारी जग्गा कीर्ते गरी बेचबिखन गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ। अदालतले सबैका नाममा म्याद जारी गरेका थियो। तीमध्ये गुरुङ २०७७ माघ २१ गते अदालत हाजिर भएका थिए । उनलाई विशेषले २ करोड धरौटी माग गरेको थियो। उनी सवैभन्दा धेरै धरौटी माग गरेका आरोपी हुन्। गुरुङले लक्ष्मी बंैक र किष्ट बैंकमा उक्त जग्गा धितो राखेर रकमसमेत निकालेका थिए। अख्तियारले २९ करोड २७ लाख ६८ हजार बिगो मागदावी गरेको थियो। 

यो पनि पढ्नुहोस्

भाटभटेनीका सञ्चालक गुरूङ २ करोड धरौटी बुझाएर रिहाबुधबार, माघ २१, २०७७

त्यस्तै, भूमि सुधार कार्यालयका तत्कालीन सहसचिव जितबहादुर थापा २०७७ असोज १५ गते ३ लाख धरौटीमा छुटेका थिए। त्यस्तै, भूमि सुधार कार्यालयका महानिर्देशक रुद्रकुमार श्रेष्ठ ४ लाख धरौटीमा छोडेको थियो। त्यस्तै, तत्कालीन भूमिसुधार सचिव दिनेशहरि अधिकारी ५ लाख धरौटीमा छुटेका थिए। मालपोत अधिकृत हुमेपन्द्रमणि केसी २०७७ मंसिर ७ गते ४ लाख धरौटीमा रिहा भएका थिए। 

गच्छदार र सुवेदी हाजिर भएनन्
विशेषले प्रतिवादी बनाएकामध्ये ‘हाइप्रोफाइल’ पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार र रामकुमार सुवेदी अझै फरार रहेका छन्। सुवेदी मुख्य बिचौलिया हुन्। उनले उक्त सरकारी जग्गा व्यक्तिको बनाउन लेखापढी व्यवसायीको रुपमा भूमिका खेलेका थिए। 

गच्छदार र सुवेदीको नाममा फागुन २३ गते अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको थियो। उनको म्याद स्थायी ठेगाना रहेको स्थानमा पठाइएको छ। तर, तामेली भएर नआएकाले उनी अदालत उपस्थित हुन नसकेको देखिन्छ। म्याद तामेलीका लागि विशेषबाट गए पनि बुझाएको पत्र नआएकाले पेसीमा नचढेको हो। गच्छदारको सुनसरी र सुवेदीको काठमाडौं महानगरको ताहाचलमा पठाइएको थियो। 

गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो भने सुवेदीविरुद्ध ५२ करोड ५१ लख ४० हजार बिगो दाबी गरेको छ। गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषदमा प्रस्ताव लैजान विभागीय मन्त्रीको रुपमा गैरकानुनी कार्य गरेको अभियोगपत्रमा उल्लेख छ।

सरकारले लकडाउन गरेका कारण गतचैतदेखि अदालतमा सुनुवाइमा समस्या हुँदै आएको थियो।अदालतले अख्तियारका पूर्वप्रमुख आयुक्त दीपबहादुर बस्न्यात, एनआरएनका प्रतिवादीसहित ७४ प्रतिवादीविरुद्ध फागुनको तेस्रो हप्ता म्याद जारी गरेको थियो। जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकामध्ये भाटभटेनीका सञ्चालक गुरुङका परिवार, गैरआवासीय नेपाली संघ, कल्पना तुलाधर, शर्मिला शाक्यलगायतको नाममा म्याद जारी भएको थियो।

को कति धरौटीमा छुटे?

 

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  ०७:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक बाढीबाट भएको क्षतिको पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनर्लाभका लागि रु. ७२३ अर्ब ३२ करोड आवश्यक पर्ने आंकलन गरिएको छ । यो कुल क्... शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आ... शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार नेपाली सेनाका अनुसार भदौ २६ गते १७ः३० बजेसम्म हवाई माध्यमबाट उद्धार गरिएका ३० सहित हालसम्म ४ हजार १३७ जनाको उद्धार गरिएको छ। उद्धार... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्