काठमाडौं- बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वमन्त्री र तीन पूर्व सचिवसहित १ सय ७५ जना विरुद्द मुद्दा दायर गरेको छ।
तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ दुवैविरुद्ध ९ करोड ६५ लाख ७६ हजारका दरले बिगो माग दाबी गर्दै मुद्दा दायर भएको छ।
पूर्वमन्त्री चन्द्रदेव जोशीलाई ७ करोड ८ लाख ४८ हजार बिगो माग दाबी गरिएको छ।
त्यसैगरी पूर्वसचिव दीपकुमार बन्स्यात र छवि पन्तविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको छ।
पूर्वसचिव दिनेशहरि अधिकारीविरुद्ध पनि ७ करोड ८ लाख ४८ हजार बिगो माग दाबी गरिएको छ।
बालुवाटारस्थित १ सय १४ रोपनी जग्गा हिनामिना प्रकरणमा १ सय ७५ जना विरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ।
सोही प्रकरणमा मुछिएका नेता माधव कुमार नेपाल र विष्णु पौडेलविरुद्ध भने मुद्दा दायर गरिएको छैन।
ललिता निवासको ११४ रोपनी जग्गा हिनामिना प्रकरणमा सिआइबी र अख्तियारका छुट्टा छुट्टै टोलीले अनुसन्धान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।