काठमाडौ– नेकपा उपाध्यक्ष वामदेव गौतमले बिहीबार बिहानै खुमलटार पुगेर अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेटका छन्। गौतमले प्रचण्डलाई् प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई राजीनामा दिन लगाउनुपर्ने र पार्टी एकता कायम राख्नु पर्ने प्रस्ताव राखेको प्रचण्डको सचिवालय स्रोतले जनाएको छ।
प्रचण्डलाई भेट्न गौतम बिहीबार बिहान साढे ७ बजे खुमटार पुगेका थिए। ‘प्रचण्ड र गौतम कमरेडवीच सौहार्दपूर्णढंगले छलफल भयो । गौतम कमरेडले ओलीलाई तत्काल प्रधानमन्त्रीबाट राजीनामा लगाउनु पर्यो । जुनसुकै होलामा एकता कायम राख्नु पर्यो भन्ने प्रस्ताव राख्नुभयो’ दुई नेताको छलफलपछि खुमलटार स्रोतले भन्याे‘ प्रचण्डले पनि गौतमलाई तपाईले यसअघिदेखि नै पार्टी एकतामा भूमिका खेल्दै आउँनु भएको छ । अब कुनै पूर्वाग्रह नराखी ओली पक्षका नेताहरु पनि एक ठाउँमा हुने वातावरण बनाउन भूमिका खेल्नुस्।’
गौतम पार्टी दुई खेमा विभाजित हुँदा समेत उनी विचधारमै बसेका थिए । उनी पार्टी एकता जोगाउने भन्दै दुबै पक्षमा नलागेर बसेका थिए। उनीसँग १५ केन्द्रीय सदस्य भए पनि अन्तिमा केन्द्रीय सदस्य हरिप्रसाद पराजुलीले मात्रै साथ दिएका थिए । प्रतिनिधि सभा पुनःस्थापना भएपछि गौतम प्रचण्ड-माधवतिरै ढल्किएका छन् । तर, पार्टी एकतालाई भने कायमै राख्नु पर्ने उनको अडान कायमै रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।