• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चको फैसलापछि नेकपाका दुवै पक्ष सक्रिय

64x64
वीरेन्द्र ओली बुधबार, फागुन १२, २०७७  २३:२८
1140x725

काठमाडौं- सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै मंगलबार प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्ष सक्रिय भएका छन्। अदालतको फैसलाको प्रतीक्षामा पछिल्ला केही दिनयता निष्क्रिय रहेका नेकपाका दुवै पक्ष बुधबार व्यस्त रहे।

अदालतको फैसलापछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका अध्यक्ष प्रचण्ड र नेपालले त्यसलाई विजयोत्सवका रुपमा लिँदै खुसीयाली मनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह अदालतको निर्णयबाट असन्तुष्ट भएपनि स्वीकार गरेर अघि बढ्ने निर्णय गर्दै थप रणनीति बनाउन सक्रिय भएको छ। प्रतिनिधि सभा पुनर्स्थापनापछि सत्ताको मियोमा घुम्न नेकपाका दुवै पक्षसहित प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससमेत सक्रिय हुन थालेको छ। 

अदालतको फैसला आउने दिनसम्म क्रमिक रुपमा प्रचण्ड–माधव पक्षले विरोध सभा गर्ने तयारी गरेका थिए। मंगलबार अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला सुनाएपछि सबै विरोध सभा खुसियाली सभामा परिणत भएका छन्। ओली पक्षका चुनावी अभियानसम्बन्धी राखिएका सबै आमसभा रद्द भएका छन्। 

प्रतिनिधि सभा पुनर्स्थापनापछि बुधबार दुवै पक्षले आ–आफ्नो स्थायी कमिटी बैठक बोलाएर छलफल गरे। ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएर नेताहरुको धारणा बुझ्ने र आफ्नो योजना सुनाउने काम गरेका छन्। आफ्नो पक्षको रणनीति कसरी बनाएर जाने भन्ने विषयमा बिहीबार पनि स्थायी कमिटी बैठक चल्ने स्थायी कमिटी सदस्य मणि थापाले बताए। बैठकमा ओलीले बोल्नेभन्दा पनि आफ्नो पक्षका नेताहरुको रिर्पोटिङ लिईरहेका छन्। 

‘राजीनामा माग्दैमा हुन्छ र, अब संसदमा अविश्वास प्रस्ताव फेस गर्नुहुन्छ’, ओलीपक्षीय नेकपाका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले भने, ‘यदी अविश्वास प्रस्ताव फेस गरेर जाने अवस्था नभए अन्य राजनीतिक स्टेप चाल्ने हुन सक्छ।’ 

बिहीबारको स्थायी कमिटी बैठकपछि ओलीले आफ्नो स्टेप चाल्न सक्ने नेताहरूले बताएका छन्। ओलीले बुधबारको स्थायी कमिटी बैठकमा आफूले यत्तिकै राजीनामा नदिने संकेत दिइसकेका छन्। संसदमा अविश्वास प्रस्ताव फेस गरेर जाने वा अन्य विकल्पमा जान सकिन्छ भन्ने विषयमा ओली अझै निष्कर्षमा पुगिसकेका छैनन्।

‘राजीनामा माग्दैमा हुन्छ र, अब संसदमा अविश्वास प्रस्ताव फेस गर्नुहुन्छ’, ओलीपक्षीय नेकपाका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले भने, ‘यदी अविश्वास प्रस्ताव फेस गरेर जाने अवस्था नभए अन्य राजनीतिक स्टेप चाल्ने हुन सक्छ।’ 

बैठकमा नेताहरुले कांग्रेस, जनता समाजवादी पार्टी लगायत पार्टीहरुसंग समझदारी गरेर यही सरकारलाई टिकाउनुपर्ने सुझाव दिएका छन्। त्यसो हुन नसकेमा प्रतिपक्षी दलको रुपमा बस्दा राम्रो हुने सुझाव ओलीले पाएका छन्। यी सबै विकल्प बन्द भए ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन सक्ने प्रचण्ड–माधव पक्षको आशंका छ। तर, अदालतले संसद अधिवेशन बोलाउने समयसीमा नै तोकेकाले अध्यादेश ल्याउन सहज छैन। अदालतको फैसलाले ओली पक्षलाई निराश बनाएकाले थप कडा कदम चाल्ने वा नचाल्ने अन्योल झन् बढेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सत्ता साझेदारीबारे प्रचण्ड, माधव र देउवा सकारात्मक 
प्रचण्ड र नेपाल माधव बुधबार चितवनमा हुने विरोध सभालाई सम्बोधन गर्ने गरी त्यहाँ पुगेका थिए। त्यसको अघिल्लो दिन मंगलबार बेलुकी नै प्रतिनिधि सभा पुनर्स्थापना भएपछि बुधबार बिहान उनीहरु हतारहतार काठमाडौ फर्किए। चितवनबाट काठमाडौ फर्किएलगतै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए, उनीहरु। तीन नेतावीच भएको छलफलमा सत्ता साझेदारीका लागि सकारात्मक छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। 

‘तीन नेताबीचको छलफलमा उहाँहरु सत्ता साझेदारीका लागि निष्कर्षमा पुगिसक्नु भएको छैन’, प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘छलफललाई निरन्तरता दिदै साझेदारी गरेर जाने विषयमा सकारात्मक निष्कर्षमा पुग्नु भएको छ।’

तीन नेताबीच छलफल भए लगतै पेरिसडाँडामा यो पक्षको स्थायी कमिटी बैठकमा त्यस विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। संविधानको कार्यान्वयनका लागि सबै लोकतान्त्रिक शक्तिहरु मिलेर जाने विषयमा सकारात्मक छलफल भएको उनले बताए। 

प्रचण्डको भनाई उद्धृत गर्दै सांसद मेटमणि चौधरीले भने, ‘सर्वोच्च अदालतको फैसलपछि हामीले ठूलो ग्राउन्ड पाएका छौँ र यसैगरी निर्वाचन आयोगबाट पनि हाम्रो पक्षमा नै फैसला आउँछ भन्नेमा विश्वस्त छौँ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘अब प्रतिनिधि सभा पुनःस्थापित भइसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे देशलाई राजनीतिक स्थिरताकै दिशातिर अगाडि बढाउन हामी मिलेर जानुपर्छ’, श्रेष्ठले भने, ‘लोकतन्त्रवादी सबै शक्तिहरु, संविधानको रक्षाका प्रश्नमा एकताबद्ध भएका सबै शक्तिहरु फेरि पनि मिलेर जानुपर्छ भन्नेबारेमा सामान्य छलफल भयो।’

बैठकले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई तत्काल असफल पारिए पनि यस प्रकारका गतिविधिविरुद्ध सचेत भइरहनुपर्ने आवश्यकतामा जोड दिएको जाकारी पनि उनले दिए। आफूहरुले प्रधानमन्त्री ओलीले तत्कालै नैतिकताको आधारमा राजीनामा दिनुपथ्र्यो भनिसकेको उल्लेख गर्दै उनले भने, ‘अहिलेसम्म उहाँले राजीनामा दिनुभएको छैन। तैपनि अब अदालतको फैसला अनुसार छिट्टै प्रतिनिधि सभाको बैठक बस्दै छ। त्यहाँबाट संविधान अनुसार नै अरु प्रक्रिया अगाडि बढ्छ।’

प्रचण्ड–माधव पक्षका सांसदलाई काठमाडौं नछोड्न निर्देशन
प्रचण्ड–माधव पक्षको बुधबार बेलुका बसेको संसदीय दलको बैठकमा सांसदहरुलाई काठमाडौ नछोड्न निर्देशन दिइएको छ। राजनीतिक रुपमा जुनसुकै निर्णय गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले उपत्यका बाहिर नजान निर्देशन दिएको सांसद रामकुमारी झाँक्रीले बताइन्। उपत्यका बाहिर भएका आफ्नो पक्षका सांसदलाई समेत काठमाडौं आइपुग्न भनिएको छ। 

प्रचण्ड–नेपाल पक्ष ओलीतिर लागेका सांसदलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा लागेको छ। ‘सर्वाेच्चको फैसलापछि केपी ओलीतिर लागेका माननीयज्यूहरूलाई कन्भिन्स गर्ने, एकताको पक्षमा ल्याउने काम गर्नु पर्दछ। उहाँहरूलाई चिमोटेर टाढा पठाउने होइन, पार्टी र घटनाक्रमलाई बुझाउने साथै एकताको लागि पहल गर्नुपर्दछ। हामीले बृहत् कम्युनिस्ट आन्दोलन बनाउने हो’, प्रचण्डको भनाई उद्धृत गर्दै सांसद मेटमणि चौधरीले भने, ‘सर्वोच्च अदालतको फैसलपछि हामीले ठुलो ग्राउन्ड पाएका छौ र यसैगरी निर्वाचन आयोगबाट पनि हाम्रो पक्षमा नै फैसला आउँछ भन्नेमा विश्वस्त छौँ।’ 

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  २३:२८
  • #नेकपा
  • #प्रतिनिधि_सभा_पुनर्स्थापना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्