• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चको फैसलापछि नेकपाका दुवै पक्ष सक्रिय

64x64
वीरेन्द्र ओली बुधबार, फागुन १२, २०७७  २३:२८
1140x725

काठमाडौं- सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै मंगलबार प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्ष सक्रिय भएका छन्। अदालतको फैसलाको प्रतीक्षामा पछिल्ला केही दिनयता निष्क्रिय रहेका नेकपाका दुवै पक्ष बुधबार व्यस्त रहे।

अदालतको फैसलापछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका अध्यक्ष प्रचण्ड र नेपालले त्यसलाई विजयोत्सवका रुपमा लिँदै खुसीयाली मनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह अदालतको निर्णयबाट असन्तुष्ट भएपनि स्वीकार गरेर अघि बढ्ने निर्णय गर्दै थप रणनीति बनाउन सक्रिय भएको छ। प्रतिनिधि सभा पुनर्स्थापनापछि सत्ताको मियोमा घुम्न नेकपाका दुवै पक्षसहित प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससमेत सक्रिय हुन थालेको छ। 

अदालतको फैसला आउने दिनसम्म क्रमिक रुपमा प्रचण्ड–माधव पक्षले विरोध सभा गर्ने तयारी गरेका थिए। मंगलबार अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला सुनाएपछि सबै विरोध सभा खुसियाली सभामा परिणत भएका छन्। ओली पक्षका चुनावी अभियानसम्बन्धी राखिएका सबै आमसभा रद्द भएका छन्। 

प्रतिनिधि सभा पुनर्स्थापनापछि बुधबार दुवै पक्षले आ–आफ्नो स्थायी कमिटी बैठक बोलाएर छलफल गरे। ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएर नेताहरुको धारणा बुझ्ने र आफ्नो योजना सुनाउने काम गरेका छन्। आफ्नो पक्षको रणनीति कसरी बनाएर जाने भन्ने विषयमा बिहीबार पनि स्थायी कमिटी बैठक चल्ने स्थायी कमिटी सदस्य मणि थापाले बताए। बैठकमा ओलीले बोल्नेभन्दा पनि आफ्नो पक्षका नेताहरुको रिर्पोटिङ लिईरहेका छन्। 

‘राजीनामा माग्दैमा हुन्छ र, अब संसदमा अविश्वास प्रस्ताव फेस गर्नुहुन्छ’, ओलीपक्षीय नेकपाका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले भने, ‘यदी अविश्वास प्रस्ताव फेस गरेर जाने अवस्था नभए अन्य राजनीतिक स्टेप चाल्ने हुन सक्छ।’ 

बिहीबारको स्थायी कमिटी बैठकपछि ओलीले आफ्नो स्टेप चाल्न सक्ने नेताहरूले बताएका छन्। ओलीले बुधबारको स्थायी कमिटी बैठकमा आफूले यत्तिकै राजीनामा नदिने संकेत दिइसकेका छन्। संसदमा अविश्वास प्रस्ताव फेस गरेर जाने वा अन्य विकल्पमा जान सकिन्छ भन्ने विषयमा ओली अझै निष्कर्षमा पुगिसकेका छैनन्।

‘राजीनामा माग्दैमा हुन्छ र, अब संसदमा अविश्वास प्रस्ताव फेस गर्नुहुन्छ’, ओलीपक्षीय नेकपाका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले भने, ‘यदी अविश्वास प्रस्ताव फेस गरेर जाने अवस्था नभए अन्य राजनीतिक स्टेप चाल्ने हुन सक्छ।’ 

बैठकमा नेताहरुले कांग्रेस, जनता समाजवादी पार्टी लगायत पार्टीहरुसंग समझदारी गरेर यही सरकारलाई टिकाउनुपर्ने सुझाव दिएका छन्। त्यसो हुन नसकेमा प्रतिपक्षी दलको रुपमा बस्दा राम्रो हुने सुझाव ओलीले पाएका छन्। यी सबै विकल्प बन्द भए ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन सक्ने प्रचण्ड–माधव पक्षको आशंका छ। तर, अदालतले संसद अधिवेशन बोलाउने समयसीमा नै तोकेकाले अध्यादेश ल्याउन सहज छैन। अदालतको फैसलाले ओली पक्षलाई निराश बनाएकाले थप कडा कदम चाल्ने वा नचाल्ने अन्योल झन् बढेको छ। 

Ncell 2
Ncell 2

सत्ता साझेदारीबारे प्रचण्ड, माधव र देउवा सकारात्मक 
प्रचण्ड र नेपाल माधव बुधबार चितवनमा हुने विरोध सभालाई सम्बोधन गर्ने गरी त्यहाँ पुगेका थिए। त्यसको अघिल्लो दिन मंगलबार बेलुकी नै प्रतिनिधि सभा पुनर्स्थापना भएपछि बुधबार बिहान उनीहरु हतारहतार काठमाडौ फर्किए। चितवनबाट काठमाडौ फर्किएलगतै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए, उनीहरु। तीन नेतावीच भएको छलफलमा सत्ता साझेदारीका लागि सकारात्मक छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। 

‘तीन नेताबीचको छलफलमा उहाँहरु सत्ता साझेदारीका लागि निष्कर्षमा पुगिसक्नु भएको छैन’, प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘छलफललाई निरन्तरता दिदै साझेदारी गरेर जाने विषयमा सकारात्मक निष्कर्षमा पुग्नु भएको छ।’

तीन नेताबीच छलफल भए लगतै पेरिसडाँडामा यो पक्षको स्थायी कमिटी बैठकमा त्यस विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। संविधानको कार्यान्वयनका लागि सबै लोकतान्त्रिक शक्तिहरु मिलेर जाने विषयमा सकारात्मक छलफल भएको उनले बताए। 

प्रचण्डको भनाई उद्धृत गर्दै सांसद मेटमणि चौधरीले भने, ‘सर्वोच्च अदालतको फैसलपछि हामीले ठूलो ग्राउन्ड पाएका छौँ र यसैगरी निर्वाचन आयोगबाट पनि हाम्रो पक्षमा नै फैसला आउँछ भन्नेमा विश्वस्त छौँ।’ 

‘अब प्रतिनिधि सभा पुनःस्थापित भइसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे देशलाई राजनीतिक स्थिरताकै दिशातिर अगाडि बढाउन हामी मिलेर जानुपर्छ’, श्रेष्ठले भने, ‘लोकतन्त्रवादी सबै शक्तिहरु, संविधानको रक्षाका प्रश्नमा एकताबद्ध भएका सबै शक्तिहरु फेरि पनि मिलेर जानुपर्छ भन्नेबारेमा सामान्य छलफल भयो।’

बैठकले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई तत्काल असफल पारिए पनि यस प्रकारका गतिविधिविरुद्ध सचेत भइरहनुपर्ने आवश्यकतामा जोड दिएको जाकारी पनि उनले दिए। आफूहरुले प्रधानमन्त्री ओलीले तत्कालै नैतिकताको आधारमा राजीनामा दिनुपथ्र्यो भनिसकेको उल्लेख गर्दै उनले भने, ‘अहिलेसम्म उहाँले राजीनामा दिनुभएको छैन। तैपनि अब अदालतको फैसला अनुसार छिट्टै प्रतिनिधि सभाको बैठक बस्दै छ। त्यहाँबाट संविधान अनुसार नै अरु प्रक्रिया अगाडि बढ्छ।’

प्रचण्ड–माधव पक्षका सांसदलाई काठमाडौं नछोड्न निर्देशन
प्रचण्ड–माधव पक्षको बुधबार बेलुका बसेको संसदीय दलको बैठकमा सांसदहरुलाई काठमाडौ नछोड्न निर्देशन दिइएको छ। राजनीतिक रुपमा जुनसुकै निर्णय गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले उपत्यका बाहिर नजान निर्देशन दिएको सांसद रामकुमारी झाँक्रीले बताइन्। उपत्यका बाहिर भएका आफ्नो पक्षका सांसदलाई समेत काठमाडौं आइपुग्न भनिएको छ। 

प्रचण्ड–नेपाल पक्ष ओलीतिर लागेका सांसदलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा लागेको छ। ‘सर्वाेच्चको फैसलापछि केपी ओलीतिर लागेका माननीयज्यूहरूलाई कन्भिन्स गर्ने, एकताको पक्षमा ल्याउने काम गर्नु पर्दछ। उहाँहरूलाई चिमोटेर टाढा पठाउने होइन, पार्टी र घटनाक्रमलाई बुझाउने साथै एकताको लागि पहल गर्नुपर्दछ। हामीले बृहत् कम्युनिस्ट आन्दोलन बनाउने हो’, प्रचण्डको भनाई उद्धृत गर्दै सांसद मेटमणि चौधरीले भने, ‘सर्वोच्च अदालतको फैसलपछि हामीले ठुलो ग्राउन्ड पाएका छौ र यसैगरी निर्वाचन आयोगबाट पनि हाम्रो पक्षमा नै फैसला आउँछ भन्नेमा विश्वस्त छौँ।’ 

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  २३:२८
  • #नेकपा
  • #प्रतिनिधि_सभा_पुनर्स्थापना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै काँग्रेसको कार्य सम्पादन समितिको बैठक हिजो पनि बसेको थियो। बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राख्ने क्रम जारी छ। आज... बुधबार, पुस २३, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि विश्व बैंकबाट प्रस्तावित ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा सैद्धान्ति... मंगलबार, पुस २२, २०८२
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबाट नयाँ अनुहारलाई सरकारमा सहभागी गराएका हुन् । मुख्यमन्त्रीको सिफारिसमा नियुक्त... मंगलबार, पुस २२, २०८२
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बुधबार, पुस २३, २०८२
५ सय ९६ जना प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस (सूचीसहित) बुधबार, पुस २३, २०८२
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज बुधबार, पुस २३, २०८२
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो रहनेछ मौसम बुधबार, पुस २३, २०८२
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा मंगलबार, पुस २२, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार, पुस २२, २०८२
राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्