काठमाडौं- निजी क्षेत्रले निर्माण गरेको सौर्य ऊर्जा परियोजना ढल्केबर पावर ग्रिडमा जोडिएको छ। इको पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरेको परियोजना बुधबार राष्ट्रिय ग्रिडमा जोडिएको हो।
प्रदेश २ को धनुषास्थित ढल्केबरमा निर्माण गरिएको परियोजनाबाट १० मेगावाट एसी क्षमताको सौर्य ऊर्जा उत्पादन हुने कम्पनीका अध्यक्ष नवीन सिंहले बताए। राष्ट्रिय ग्रिडमा जोडिएसँगै कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाई प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा बिजुली बिक्री गर्न थालेको छ।
यो परियोजनाको डिजाइन, निर्माण र जडान कुशल प्रोजेक्ट नेपालले गरेको हो। मासिक १९ लाख युनिटभन्दा बढी बिजुली उत्पादन गरेर बिजुली आयातमा निर्भरता कम गर्ने लक्ष्य कम्पनीको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।