काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाको स्थायी कमिटी सुरु भएको छ। सर्वाेच्च अदालतले प्रतिनिध सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णय बदर गरेको भोलिपल्टै ओलीले आफू पक्षीय स्थायी कमिटी बैठक बोलाएका हुन्।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको हो। सर्वाेच्चको फैसलापछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न उनले बैठक बोलाएका बताइएको छ। छलफलमा देशको पछिल्लो घटनाक्रम तथा पार्टीको आगामी कदमबारे छलफल हुने एक नेताले बताए।
नेकपा दुई समूहमा विभाजित भएसँगै ओली पक्षमा हाल १६ जनामात्र स्थायी कमिटी सदस्य रहेका छन्। ४४ सदस्यीय कमिटीका २८ जना प्रचण्ड–माधव समूहमा रहेका छन्।
यसअघि पार्टी विभाजनपूर्व आफू अल्पमतमा रहेकै कारण ओली बैठकबाट भाग्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।