• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ २०, २०८३ Wed, Jun 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

उर्लाबारी रहस्यमय मृत्यु घटना: दुई महिनापछि किन भयो दिनहुँ आन्दोलन?

64x64
नारायण अधिकारी बुधबार, फागुन १२, २०७७  ०९:४२
1140x725

काठमाडौं– मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको मृत्यु भएको दुई महिना नाघिसकेको छ। दुई महिनासम्म सामान्य रहेको मृत्युको घटना अहिले भने एकाएक चर्चामा आएको छ।

मृतक प्रवीणकी बहिनी सदीक्षा बास्तोलाले गत आइतबार इलाका प्रहरी कार्यालयभित्रैबाट प्रहरीले हत्यारा लुकाउन चलखेल गरेको आरोप लगाउँदै फेसबुक लाइभ गरेपछि यो घटना एकाएक चर्चामा आएको हो। दाइको मृत्यु शंकास्पद रहेको अनुसन्धान प्रतिवेदनमा मृतकको तस्वीर भनेर अर्कै व्यक्तिको तस्वीर राखिएको परिवारको आरोप छ। यद्यपि, प्रवीणको परिवारले लगाएको आरोप अहिलेसम्म पुष्टि भने भएको छैन। 

दुई महिनासम्म गुपचुप रहेर अहिले एकाएक चर्चामा आएको प्रवीण मृत्युको घटनाबारे बुझ्न दुई महिना अघि फर्कनुपर्छ।

गत पुस ४ गते उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण साथीको घर मरिमराउमा जान्छु भनी घरबाट निस्केका थिए। त्यहाँबाट उनी १ किलोमिटर टाढाको सौरभी होटल पुग्छन्। दिउँसो ४ बजेदेखि उनीहरूले सौरभी होटलमा मदिरा पिएको पाइएको प्रहरीले जनाएको छ। 

त्यसपछि राति दिपेश पौडेलको कोठामा दिपेश, प्रवीण बास्तोला, रितेश सिवा, सुदीप परियार र राजेश रणपहेलीसमेत बसेको पाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

भोलिपल्ट बिहानीपख कोठामा प्रवीण एकाएक बेहास भएपछि एम्बुलेन्स बोलाएर अस्पताल पुर्‍याइएको र अस्पतालले मृत घोषणा गरेको आरोपितहरूको दाबी छ। छोराको मृत्यु भएपछि प्रेमप्रसाद बास्तोलाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा घटना भएको समयमा सँगै बसेका माथि उल्लेखित ६ जनाविरुद्ध पुस ९ गते ज्यानसम्बन्धी कसुरमा जाहेरी दिए।

मृतक प्रविण बास्तोला। 

जाहेरीमा प्रेमप्रसादले प्रतिवादीहरूले प्रवीणलाई रक्सीमा नसालु पदार्थ वा अरु केही मिसाएर खुवाई मारिएको भन्ने उल्लेख गरेका थिए। प्रेमप्रसादको जाहेरीपछि प्रहरीले पुस २२ गते ६ जनालाई नै पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो। उक्त घटनाको अनुसन्धान अधिकृत थिए, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल। प्रहरीले आफ्नो अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन पेश गरेको थियो। सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको भन्दै पुनः अनुसन्धान गर्न भन्दै पक्राउ परेका ६ जनालाई नै जिम्मा जमानीमा छाडेको थियो।

प्रमाण नै नपुग्ने गरी अनुसन्धान गरेको भनिएका इन्सपेक्टर पोखरेलले भने प्रवीणको हत्या भएको कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाउनु पर्ने रायसहित प्रतिवेदन पेश गरिएको बताए।  ‘एक्सपेसियाबाट मृत्यु भएको भन्ने रिपोर्ट आएको थियो। हामीले पनि कर्तव्य नै गरेको हो भनेर पक्राउ परेका ६ जनाविरुद्ध नै मुद्दा चलाउनु पर्ने रायसहित अनुसन्धान प्रतिवेदन पठाएका थियौं,’ इन्सेपक्टर पोखरेलले भने, ‘अहिले दोस्रो पटक पनि सोही रायसहित आइतबार अनुसन्धान प्रतिवेदन पठाएका छौं।’

nimb
nimb
Ncell 2
Ncell 2

आरोपितहरू जिम्मा जमानीमा छुटेपछि प्रवीणका परिवारले भने प्रहरीमाथि नै शंका गर्दै घटनाको बारेमा थप चासो राख्न थालेका थिए। गत आइतबार इलाका प्रहरी कार्यालय पुगेकी मृतककी बहिनी सदीक्षा बास्तोलाले अनुसन्धान प्रगति हेर्ने भन्दै अनुसन्धान प्रतिवेदन हेर्दा मृतक प्रवीणको भनेर राखिएको तस्वीर आफ्नो दाइको नभएको बताएपछि घटना एकाएक विवादमा आएको हो। 

मृतककी बहिनी सदीक्षा। 

सदीक्षाको आरोप छ, ‘मेरो दाइले सिक्री लगाएको थिएन । प्रहरी मिसिलमा मृतकको फोटो भनेर सिक्री लगाएको फोटो राखिएको छ। आफ्नै दाइलाई नचिन्ने कुरा हुन्छ? प्रहरीले षडयन्त्र गरेर आरोपितलाई उन्मुक्ति दिने गरी अर्कैको फोटोसमेत राखेको छ।’

यसबारे जिज्ञासा राख्दा इन्सपेक्टर पोखरेलले भने चित्तबुझ्दो जवाफ दिएनन्। उनले भने, ‘प्रवीणकै फोटो राखिएको हो। उहाँले भनेजस्तो परिवर्तन भएको होइन।’ यही विवाद भएपछि जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धान गर्न एक समिति नै बनाएको छ। यसबारेमा अध्ययन भइरहेको समितिले जनाएको छ। 

प्रहरीको अनुसन्धान प्रतिवेदनमा मृत्युको कारण एकिन नखुलेको र आरोपीहरूले इन्कार गरेकाले ‘मुद्दा बचाउन’ थप अनुसन्धान गर्ने गरी मिसिल फिर्ता पठाइएको सरकारी वकिलको भनाइ छ। 

पोष्टमार्टम रिपोर्ट भन्छ– ‘भ्वाइलेन्स एक्सपेसिया’

लास प्रकृति मुचुल्कामा सेतो कलेजी बुट्टे सर्ट लगाएको, भित्र सेतो गन्जी, निलो जिन्स पाइन्ट लगाएको उल्लेख छ। कपडा च्यातिएको नच्यातिएको भन्नेबारे नखुलाइएको तर प्रवीणको कपडा च्यातिएको पाइएको परिवारको दाबी छ। 

मृतकका आफन्तद्वारा मिसिलमा प्रहरीले नक्कली फोटो राखेको आरोप।  फोटो देखाउँदै प्रहरी।

पोष्टमार्टमको लागि प्रवीणको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। डेथ कजमा भने ‘भ्वाइलेन्स एक्सपेसिया’ लेखिएको छ। यसको अर्थ स्वासप्रस्वास अवरोध भएर मृत्यु भएको तर कारण भने खुलेको थिएन। त्यही मृत्यको कारण नखुलेको भन्दै थप अनुसन्धान गर्न भनेर यसअघि फाइल फिर्ता पठाइएको जिल्ला न्यायाधीवक्ता मनोज आचार्यले बताए।

स्वास्वप्रस्वास अवरुद्ध हुनुमा ह्याङगिङ, घाँटी थिच्नु, डुब्नु लगायत धेरै कारण हुन्छन्। तर यसको ठयाक्कै के कारणले मृत्यु भएको हो त्यसको अनुसन्धान पूरा गरी ल्याउनु भनेर यसअघि फाइल फिर्ता गरिएको आचार्यले बताए। त्यस्तै घाँटीमा २० सेन्टिमिटर लम्बाइको डाम समेत रहेको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ। 

घाँटीमा २० सेन्टिमटिर लामो डाम देखिनु र स्वास्वप्रस्वास अवरोध भएर मृत्यु भएको भन्ने रिपोर्ट आउनुले घाँटी दबाएर प्रवीणको हत्या भएको हुन सक्ने आशंका परिवारको छ। प्रवीणको शंकास्पद मृत्यु भएपछि उनको भिसेरा परीक्षणसमेत गरिएको थियो। भिसेरामा विष सेवन गरेर मृत्यु भएको हो/होइन भन्ने जाँच गरिन्छ। भिसेरा जाँच गर्दा भने विष खाए/खुवाएको नपाइएको रिपोर्ट आएको प्रहरीले जनाएको छ। 

सवा १ बजे राति प्रवीणको मोबाइलबाट २० रुपैयाँ ट्रान्सफर

अनुसन्धानमा खटिएको प्रहरीले आरोपित र मृतकको मोबाइलको अध्ययन पनि गरेको थियो। उनीहरूका मोबाइलबाट भएका कल, रिसिभ भएका कल, मेसेज लगायतको अध्ययन गरेको थियो। उक्त अध्ययनमा कुनै नयाँ तथ्य प्रहरीले फेला पारेन।

तर मृतक प्रवीणको मोबाइलबाट राजेश रणपहेलीको मोबाइलमा २० रुपैयाँ ट्रान्सफर भएको अनुसन्धानले देखाएको थियो। राति सवा १ बजे प्रवीणको मोबाइलबाट रणपहेलीको मोबाइलमा २० रुपैयाँ ट्रान्सफर भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

सरकारी वकिलले किन पठायो फाइल फिर्ता?

अनुसन्धान प्रतिवेदन, पोष्टमार्टम रिपोर्टको अध्ययनपछि थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले पठाएको रायसहितको प्रतिवेदन थप अनुसन्धान गर्नुपर्ने देखिएपछि फिर्ता पठाएको जिल्ला न्यायाधीवक्ता आचार्यको भनाइ छ।शव परीक्षण गर्ने चिकित्सकबाट स्वासप्रस्वास अवरोध भई मरेको हो भनिए पनि कारण के हो भन्ने प्रष्ट नखुलेको, भ्वाइलेन्स एक्सपेसिया केके कारणले हुनसक्छ त्यो खुलाएर पठाउन भनी फाइल फिर्ता पठाइएको न्यायाधीवक्ता आचार्यको भनाइ छ।

जिल्ला न्यायाधिवक्ता मनोज आचार्य

‘पोष्टमार्टम रिपोर्टमा कज अफ डेथ र अन्य कागजबाट समेत मृत्युको कारण यकिन भएको देखिँदैन। पोष्टमार्टम रिपोर्टसँगै चिकित्सकसँग राय लिई मृत्युको कारण यकिन गरी सोको प्रतिवेदन मिसिलसामु पेश गरी ल्याउनु’ फाइल फिर्ता गर्दा आचार्यले प्रहरीलाई निर्देशन दिएका थिए।

एम्बुलेन्स चालक भन्छन्– प्रवीण बेहोस छ भनेर गाडीमा हालेका थिए, डा.ले मृत घोषणा गरे

प्रवीणलाई उर्लाबारीकै गोदावरी अस्पताल पुर्‍याउने एम्बुलेन्स चालक हुन् मनोजकुमार फौजदार। फौजदार विगत दुई वर्षदेखि उर्लाबारीस्थित टिकाराम मेमोरियल ट्रस्ट संस्थाको एम्बुलेन्स चलाउँदै आएका छन्। फौजदारसँग प्रहरीले त्यसबेलाको घटना विवरण कागजसमेत गराएको छ। 

उक्त काजगसहितको अनुसन्धान प्रतिवेदन अहिले सरकारी वकिल कार्यालय मोरङमा पुगेको छ। सरकारी वकिल कार्यालयमा पुगेको अनुसन्धान प्रतिवेदनमा उल्लेख भए अनुसार फौजदारले प्रवीणलाई बेहोस भनेर एम्बुलेन्समा हालिएको र पछि डाक्टरले मृत घोषणा गरेको आफूले पनि सुनेको बताएका छन्। 

‘पुस ५ गते बिहान अन्दाजी ९ः३० बजे राजेश रणपहेली मोटरसाइकल कुदाई पछाडि एक जना मान्छे चढाई मेरो एम्बुलेन्स नजिक आए,’ फौजदारले गरेको कागजमा उल्लेख छ, ‘रणपहेलीले उर्लाबारी–६ स्थित फिल्महल नजिकबाट बिरामी ल्याइदिनु पर्‍यो भनेकाले म फिल्म हल नजिक पुग्दा मान्छेको भिड लागेको देखेको थिएँ।’

सोही समयमा प्रवीण बास्तोलालाई बेहोस अवस्थामा गोदावरी अस्पतालमा आफूले ल्याएको चालकको भनाइ छ। अस्पताल पुर्‍याएको केही समयपछि डाक्टरले प्रवीणलाई मृत घोषणा गरेको आफूले पनि सुनेको फौजदारले बताएका छन्। 

दिनहुँ प्रदर्शन

प्रवीणको मृत्यु भएको फागुन ५ गते दुई महिना पुगिसकेको छ। त्यतिन्जेलसम्म सामान्य रहेको घटना अहिले भने दिनहुँजसो आन्दोलन भइरहेको छ। उर्लाबारी नगरपालिका–३ स्थित इलाका प्रहरी कार्यालय उर्लाबारीदेखि जिल्ला सरकारी वकिलको कार्यालयसम्म प्रवीणको मृत्यु रहस्यमय भएको र कुनै पनि हालतमा हत्याराले उन्मुक्ति पाउन नहुने भन्दै दुई महिनापछि प्रर्दशन भइरहेको छ। प्रर्दशन हुन थालेको मंगलबार तीन दिन भएको छ। 

हत्याको दुई महिनापछि प्रर्दशन हुनुको कारण भने अनुसन्धान मिसिलमा मृतकको फोटो भनेर अर्कै व्यक्तिको फोटो राखिएको मृतकका परिवारको दाबी छ। मंगलबार मृतकका आफन्त र स्थानीय नाराजुलुससहित जिल्ला सरकारी वकिल कार्यालय पुगेर घटनाबारे जानकारी लिएका छन्।

जिल्ला न्यायाधिवक्ता मनोज आचार्यले घटनाको निष्पक्ष अनुसन्धान हुनेमा कुनै शंका नगर्न परिवारलाई आग्रह गरेका थिए। उनले भने, ‘प्रहरीले बुझाएको प्रतिवेदन फाइल हामीले केही चलाउन मिल्दैन। केही थप्न पनि सकिँदैन, झिक्न पनि सकिँदैन। हामीबाट कुनै शंका गर्नुपर्ने ठाउँ छैन। हाम्रो तर्फबाट निष्पक्ष रुपमा मिसिल अध्ययन गरेर मुद्दा दर्ता गर्छौ,’ पीडित परिवारसँग कुरा गर्दै न्यायाधिवक्ता आचार्यले भने।

छानबिनको दायरामा प्रहरी

मृतकको फोटो भनेर अर्कै फोटो अनुसन्धान प्रतिवेदनमा राखिएको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय मोरङले यस घटनाको छानबिन गर्न एक समितिसमेत गठन गरेको छ। मोरङका प्रहरी नायव उपरीक्षक (डिएसपी) मानबहादुर राईको संयोजकत्वमा आइतबार छानबिन समिति गठन गरिएको हो।

समितिले मृतकका परिवारले आरोप लगाए जस्तो अनुसन्धान मिसिलमा अर्कै मान्छेको फोटो राखिएको हो/होइन? प्रहरीको पक्षबाट कुनै गल्ती तथा कमजोरी भएको छ/छैन? लगायतका विषय अध्ययन गर्ने डिएसपीले राईले बताए।

छानबिनको क्रममा तथ्यहरू नै ताडमोड भएको, तथ्यहरू तोडमोड गरी प्रमाण संकलन गरेको र कसुरदारलाई उन्मुक्ति दिने गरी गैह्रव्यवसायिक काम भएको पाइएमा अनुसन्धानमा खटिने प्रहरीलाई नै कारबाहीको दायरामा ल्याइने मोरङका प्रहरी प्रवक्तासमेत रहेका राईले बताए।

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  ०९:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सप्तकोशी नदीबाट ४ सय ७५ किलो गाँजा बरामद सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइ राखेको १६ बोरा गाँजा बराम... मंगलबार, जेठ १२, २०८३
प्रहरीले बुझायो दुर्गा प्रसाईंको अनुसन्धान प्रतिवेदन जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोब... सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ लामडाँडा स्थायी घर घई हाल ललितपुर महानगरपालिका १४ थसिखेल बस्ने ४८ वर्षीया ज्योती कांग्रेस नेता... सोमबार, जेठ ११, २०८३
ताजा समाचारसबै
रास्वपाले भन्यो : सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनायो मंगलबार, जेठ १९, २०८३
रवि लामिछानेले भेटे भारतीय विदेशमन्त्री एस जयशंकरलाई मंगलबार, जेठ १९, २०८३
नेपाल–भारत सीमा विवाद द्विपक्षीय संयन्त्रबाट समाधान गर्ने भारतको स्पष्टीकरण मंगलबार, जेठ १९, २०८३
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धलशमशेरबिच छलफल मंगलबार, जेठ १९, २०८३
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहसँग अदालतले माग्यो ४ लाख १५ हजार रुपैयाँ धरौटी मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन सोमबार, जेठ १८, २०८३
एक खेल अगावै नेपाल एसियन गेम्समा छनोट मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्