काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले सर्वाेच्च अदालतको फैसलाको स्वागत गर्दै देशभर कार्यक्रम गर्ने बताएको छ। सर्वाेच्च अदालतले मंगलवार प्रतिनिधिसभा पुनःस्थापना हुने फैसला गरेको थियो।
पार्टीले फैसलाको स्वागत गर्दै सबै जिल्ला सदरमुकाममा बिहान ८ बजे तथा काठमाडौंको शान्ति वाटिकामा मध्याह्न १२ बजे कार्यक्रम गर्न लागेको नेकपा नेता विष्णु रिजालले सामाजिक सञ्जलमार्फत जानकारी दिएका छन्।
नेता रिजालले ट्विटरमा लेखेका छन्, ‘संविधान र लोकतन्त्रको रक्षाका पक्षमा सर्वोच्च अदालतबाट भएको ऐतिहासिक फैसलापछि आज मध्याह्न १२ बजे काठमाडौंको शान्ति वाटिकामा आयोजित कार्यक्रममा सहभागी बनौं ! सबै जिल्ला सदरमुकाममा बिहान ८ बजे। केन्द्रीय संघर्ष समिति, नेकपा।’
फैसलाको स्वागत गर्दै काठमाडौंको शान्ति वाटिकामा हुने कार्यक्रममा सबैलाई सहभागी हुनसमेत उनले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।