काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन्। प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बताएका हुन्।
प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला विवादास्पद भएको समेत आरोप लगाएका छन्। फैसला विवादास्पद भएपनि आफूहरू मान्न तयार रहेको उनको भनाइ छ।
'सर्वाेच्च अदालतले गरेकाे फैसला विवादास्पद छ, तर मान्नुपर्छ। र, कार्यान्वयन गर्नुपर्छ। यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ। यसबाट राजनीतिक समस्याहरूकाे कुनै हल हुने अवस्था पनि छैन। बरू अस्थिरता अझै बढ्ने छ। सत्ताकाे खेल बढ्नेछ,' सल्लाहकार थापाले उल्लेख गरेका छन्, 'प्रधानमन्त्रीले प्रतिनिधिसभाकाे सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ। तत्काल राजीनामा दिनुहुने छैन।'
पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सर्वोच्चमा परेका मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले मंगलबार पुनर्स्थापना गर्ने फैसला गरेको थियो। यसपछि ओलीले राजीनामा दिनुपर्ने माग उठेको थियो।
सर्वाेच्च अदालतले गरेकाे फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा...
Posted by Prime Minister's Press Advisor on Tuesday, February 23, 2021
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।