फाइल तस्बिर
काठमाडौं- सत्ताबाहिरका दलकाे बैठक बुधबार बस्ने भएकाे छ। प्रतिनिधि सभा पुनर्स्थापनापछि चितवनबाट बिबिसीसँग कुराकानी गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बुधबार सत्ताबाहिरका दलको बैठक बस्ने जानकारी दिएका हुन्।
नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी (जसपा)लगायत दलहरूसँग वार्ता गरेर अघि बढिने बताएका हुन्।
'अब नयाँ तरिकाले संवाद गरे अघि बढ्छौं। हामी आज चितवन आएका छौँ। अब हामी भोलि काठमाडौं जान्छौँ,’ प्रचण्डले भने, ‘काठमाडौं पुगेर कांग्रेस जसपालगायत दलहरुसँग संवाद गरेर अघि बढ्ने छौँ।’
प्रचण्डले आफ्नो र काग्रेस सभापति शेरबहादुर देउवासंग फोन संवाद भएको बताए। ‘देउवाजीसँग फोनमा कुरा भयो। बधाई साटासाट गरियो। बुधबार भेट्ने कुरा भएको छ,’ प्रचण्डले भने।
बुधबार कहाँ र कतिबेला सत्ताबाहिरका दलको बैठक बस्छ भन्ने चाहिँ प्रचण्डले खुलाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।