काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्।
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रवादी अडान राख्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आलोचना गरिरहेका बेला सचिव भट्टराईको यस्तो भनाइ आएको हो। मंगलबार काठमाडौंमा अखिल क्रान्तिकारीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता भट्टराईले प्रधानमन्त्री ओलीले संसदमा समेत देशको जिम्मेवारी आफूले लिने भनी दिएको अभिव्यक्ति भरोसायोग्य रहेको पनि उल्लेख गरे।
अनेरास्ववियूका पूर्व अध्यक्ष समेत रहेका भट्टराईले सरकारलाई सचेत गराउन भने विद्यार्थी संगठनहरुको ध्यानाकर्षण गराए। सचिव भट्टराईले देशको शैक्षिक क्षेत्रका मुद्दा सम्बोधनका लागि आवश्यक पहल गर्न पनि विद्यार्थी संगठनहरुसँग आग्रह गरे।
नेता भट्टराईले देशमा आएको परिवर्तनको नेतृत्व विद्यार्थी संगठनहरुको परिश्रमको फल भएको समेत दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।