काठमाडौं–महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले पदबाट राजीनामा नदिएको स्पष्ट पारेका छन्। राजीनामाको हल्लापछि नेपाल लाइभसँग कुरा गर्दै खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने कुनै कराण पनि नभएको बताएका हुन्।
‘मैले राजीनामा गरेको पनि छैन,’ उनले भने, ‘राजीनामा गर्नुपर्ने कुनै परिस्थिति पनि छैन, यो कसैले कुनै स्थानमा बसेर चलाएको हल्ला हो।’ प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री र महान्यायाधिवक्ताबीच सम्बन्ध बिग्रिएको बताइँदै आएको छ ।
खरेलले हालै महान्यायाधिवक्ताका रुपमा गरेको तीन वर्षको उपलब्धि सार्वजनिक गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।