• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

७ मुद्दाका फैसला भन्छन्- आमाका नाममा नागरिकता दिनू, तर अदालत पुग्नै पर्ने नियति यथावत्

64x64
दुर्गा दुलाल सोमबार, फागुन १०, २०७७  ०९:३०
1140x725

आमाको नाममा नागरिकता लिन अदालत नै जानुपर्छ?
काठमाडौं-
आमाको नाममा नागरिकता दिनुपर्ने विवाद र वहस धेरै पहिलेदेखि हुँदै आएको छ। सर्वोच्च अदालतले पनि यससम्बन्धी दर्जनौ मुद्दामा फैसला सुनाएको छ। तर व्यवहारमा भने अहिले पनि आमाको नामबाट नागरिकता पाउन सजिलो छैन। आमाको नाममा नागरिकता लिन अहिले पनि अदालत नै गुहार्नुपर्छ। प्रतिनिधि सभाको राज्य व्यवस्था समितिवाट पारित भएकाे नागरिकतासम्बन्धी संघीय कानुन संसदमा दर्ता भए पनि लामो समयदेखि पारित हुन सकेको छैन। अहिले प्रतिनिधि सभा नै विघटन भएकाले यो विधेयक तत्काल कानुन बन्ने देखिँदैन। 

संविधानको भाग २ मा नागरिकतासम्बन्धी व्यवस्था रहेको छ। संविधानको धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिँदैन भनिएको छ। त्यस्तै संविधानको धारा १२ मा वंशजको आधारमा नेपालको नागरिकता लिने व्यक्तिले आमा वा बाबुको नामवाट लैगिक पहिचान सहितको नागरिकता लिन पाउने भनिएको छ। हाल नागरिकताका लागि क्रियाशिल कानुनमा नेपाल नागरिकता ऐन २०६३ र नेपाल नागरिकता नियमावली २०६३ रहेको छ। 

यी सात मुद्दा जसले देखाउँछ आमाका नाममा भएका फैसलाको कार्यान्वयन 

सविना दमाई विरुद्ध नेपाल सरकार 

२०६७ फागुन १५ गते सविना दमाईले आमाको नामवाट नागरिकता नपाएको भन्दै हालेको मुद्दामा सर्वोच्चले  तत्काल निवेदकले माग गरे अनुसार नागरिकता उपलव्ध गराउन परमादेश जारी गरेको थियो । न्यायाधीश बलराम केसी र भरतराज उप्रेतीको इजलाशले गरेको फैसलामा आमाकै नाममा नागरिकता दिन भनिएको थियो । उनीहरुको बाबु  पत्ता नलागेको अवस्थामा नागरिकता नपाउँदा देशविहीन भएको भनी दायर गरेको निवेदन रुढिगत प्रथा र प्रचलन उन्मूलन गर्न आवश्यक जनचेतना जगाउनसमेत आदेश गरेको थियो ।

सर्वोच्चको यो फैसलापछि सवै जिल्ला प्रशासन कार्यालयहरुमा प्रधानमन्त्री  कार्यालयले गृहलाई परिपत्र पठाएको र गृहले जिल्ला प्रशासन गरेको तर विभिन्न कारण जनाई नपाएपछि रिट निवेदन लिएर अदालत आउनु परेको सरकारी अध्ययनमा उल्लेख छ । महान्यायाधीवक्ता कार्यालयले यो मुद्दामा गरेको अनुसन्धानमा यस्तो निष्कर्ष पाएको हो । 

सज्दा सापकोटा विरुद्ध नेपाल सरकार 

२०७२ साल जेठ १२ गते सार्वजनिक सरोकारको मुद्दामा दोस्रो पटक आमाको नाममा नागरिकता दिनु भनी फैसला सुनाएको थियो। आमाको नामबाट नागरिकता लिनु पर्ने अवस्था एउटा कठिन अवस्था रहेको हुँदा यसप्रति नकारात्मक सोच राख्ने हो भने सीमान्तीकृत महिलालाई थप असुविधा पर्न जाने फैसलामा भनिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

सविना दमाईको मुद्दामा भएको आदेशको भावना अनुरूप यस्तो 

परिस्थितिका मुद्दाहरूमा अनावश्यक झण्झट नगरी नागरिकता पाउनुपर्ने अवस्थामा सहजै आमाको  नामबाट नागरिकता दिन दिलाउन फैसलामा भनियो ।  यस सम्बन्धमा कुनै गुनासो रहन नदिन गुनासो सुन्ने संयन्त्र गृह मन्त्रालयअन्तर्गत नै खडा गरी अनुगमनसमेत गर्ने व्यवस्था मिलाउन सरकारको नाममा आदेश गरेको थियो। 

आदेश कार्यान्वयनको अवस्था अहिले पनि पत्राचारमै सीमित देखिन्छ। सरकारी वकिल कार्यालयको अध्ययन अनुसार आदेश कार्यान्वयनका लागि गृह मन्त्रालयमा पत्राचार भएको तर सो अनुसार गृह मन्त्रालयमा छुट्टै संयन्त्र खडा गरेको नदेखिएकाे अध्ययनमा उल्लेख छ। मन्त्रालयको नागरिकता शाखा र कानुन तथा फैसला कार्यान्वयन शाखाले यो विषयलाई अनुगमन गर्ने गरेको दाबी गरे पनि आमाको नामबाट नागिरकता पाउन नसकेको भनी सर्वोच्च अदालतबाट निरन्तर रिट दायर भइरहेको अध्ययनमा उल्लेख छ।  नागरिकतासम्बन्धी ऐनमा नै योसम्बन्धी स्पष्ट व्यवस्था हुन नसक्दा तो विषय अझै टुंगोमा पुग्न बाँकी रहेको अध्ययानमा उल्लेख छ।  

दिवाकर क्षेत्री विरुद्ध नेपाल सरकार 

२०७६ वैशाख ३० गते भएको फैसलामा सर्वोच्चले दिवाकर क्षेत्री र प्रभाकर क्षेत्री नागरिक लिन जाँदा गाउँ विकास समितिले नै अस्वीकार गरेपछि उनीहरु सर्वोच्च आइपुगेका थिए । सविना दमाईदेखि सज्जा सापकोटाको मुद्दामा अदालतले फैसला गरे पनि कार्यान्वयन नभएपछि क्षेत्री दाजुभाई नागरिकताका लागि सर्वोच्च आउन वाध्य भए । २०३१ र २०३५ सालमा जन्म भएका उनीहरु ललितपुरको किटनी गाउँपालिका हाल गोदावरी नगरपालिकमा बस्दै आएको अवस्थामा नागरिकता लिन नपाएपछि अदालत आएका थिए ।

उनीहरुको आमा र बाबुका विचमा अन्तरजाजीय विवाह भएकाे थियाे । रुडल क्षेत्री र सुषमा राईका विचमा २०३६ सालमा विवाह भएको थियो । तर क्षेत्रीको मृत्यु भएपछि राईले अकै व्यक्तिसँग दोस्रो विवाह गरेकी थिइन । वावुको सानैमा मृत्यु भएपछि उनीहरु आमाको नामवाट नागरिकता लिन पुगेका थिए  । तर गाउँपालिकाले नै सिफारिस दिन इन्कार गरेपछि उनीहरु अदालत पुगेका थिए । सर्वोच्चले जिल्ला प्रशासन कार्यालयको नाममा आवश्यक छानविन गरी तत्काल नागरिकता दिनु भनेर परमादेश जारी गर्यो । सर्वोच्चले आदेश जारी गरेको लामो समयपछि बल्ल उनीहरुले नागरिकता पाएका थिए । सरकारी बकिलको कार्यालयले अध्ययनमा यसलाई सफल उदाहारणको रुपमा राखेको छ। 

सृजना खरेल विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौ  

कैलाली धनगढी नगरपालिकाकी सृजना खरेल आमाको नाममा नागरिकता नपाएपछि सर्वोच्च पुगिन् । तर उनले नागरिकता पाए नपाएको सरकारी अध्ययनमा पनि एकिन विवरण खुल्न सकेन । २०७३ भदौ १३ गते सर्वोच्चले खरेललाई नाममा आमाको नामवाट नागरिकता दिन भनेको थियो । आफ्नो बाबु आमा विपिन खरेल र शर्मिला गौतमका विचमा प्रेमपछि विवाह भएको तर पछि बाबु वेपत्ता भएपछि उनीहरु नागरिकता विहिन हुन परेको थियो ।

मामाघर काठमाडौ नैकापमा बसोबास गरेका उनीहरुले नागरिकता लिन जाँदा काठमाडौ जिल्ला प्रशासन कार्यालयले वावुको नागरिकता ल्याउन भनेपछि सर्वोच्च पुगेका थिए । सर्वोच्चले फेरी एक पटक सविना दमाईदेखि धेरै नजिरहरु देखाउँदै तत्काल नागरिकता दिन आदेश गरेको थियो ।  

सन्देश सिंह विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङ

१७ वर्षदेखि बाबु वेपत्ता भएका तीन दाजुभाइ नागरिकता विहिन हुन परेपछि सर्वोच्चसम्म आएर मुद्दा लडेका थिए । २०७४ भदौ ५ गते सर्वोच्चले उनीहरुलाई आमाकै नागरिकताका आधारमा नेपाली नागरिकता दिनु भनी फैसला गरेको थियो । सन्देश सिंह, सध्या सिंह र सुधा सिंह वावु वेपत्ता भएपछि नागरिकताका लागि सर्वोच्च पुगेका थिए । सर्वोच्चले उनीहरुको मुद्दामा पुरुषप्रधान मानसिकता राखी महिलालाई अझै पनि परनिर्भर नागरिक मानी  उनको अस्तित्व स्वीकार नगरेको भन्दै आमाको नामबाट नागरिकता दिन इन्कार गर्ने वा वाधा अड्चन गर्ने निकाय, सामाजिक संस्था वा कर्मचारीलाई आवश्यक कारवाहीसमेत गर्न आदेश गर्यो ।

गृहका नाममा सर्वोच्चले यसअघि भएका सविना दमाई समेतको फैसला समेतलाई वेवास्था गरिएको भन्दै कडा निर्देशनात्मक आदेश जारी गरेको थियो । यो मुद्दापछि गृहले तेस्रो पटक देशभरका जिल्ला प्रशासन कार्यालयलाई आमाको नाममा नागरिकता दिन परिपत्र गर्यो । गृहले सर्वोच्चको फैसला अनुसार कारवाहीको भागिदार समेत हुनुपर्ने जानकारी गराएको सरकारी वकिलको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

रञ्जिता थापा विरुद्ध नेपाल सरकार ( रोजेको स्थानबाट नागरिकता पाउने )

आमाको नाममा नागरिकता विवाद चलिरहेका समयमा रोजेको ठेगानाबाट नागरिकता लिन पाउने फैसला सर्वोच्चले सुनायो । २०६६ असार १२मा यस्तो फैसला सुनाएको थियो ।  बाबु आमाको वतन फरक फरक भए पनि नागरिकता लिनेहरुको इच्छा अनुसारको स्थान राख्न पाउने फैसलामा उल्लेख छ । उक्त बाबु वा आमाको ठेगानामध्ये एक स्थानमा सम्वन्धित निकायको सिफारिसमा नागरिकताको प्रमाणपत्र दिनु भनी सर्वोच्चको फैसलामा उल्लेख छ। उक्त फैसला अनुसार गृहमन्त्रालयले पत्रचार गरेको सरकारी वकिलको अध्ययनमा उल्लेख छ। 

विपना बस्नेत विरुद्ध नेपाल सरकार (रोजेको थरमा नागरिकता लिन पाउने ) 

२०७२ साल चैत २२ गते सर्वोच्चले नागरिकता लिने व्यक्तिले रोजेको थरमा पनि लिन पाउने फैसलामा भनिएको थियो। रिनेक्स बस्नेताले एकल आमाको रुपमा संरक्षण गर्दै आएकी विपना बस्नेतले रोजेको थर राख्न पाउनुपर्ने माग गर्दै अदालतमा निवेदन दिएकी थिइन्। आमाको नामवाट वंशजको नागरिकता पाउने अवस्थामा बाबुको थर लेखिएको कारणले आमाको लेख्न नपाउने नहुने फैसलामा उल्लेख छ।

उक्त फैसला कार्यान्वयनका लागि गृहले देशभरका जिल्ला प्रशासन कार्यालयमा निवेदकले इच्छाएको थर राखी नागरिकता दिन परिपत्र गरेको सरकारी वकिलको अध्ययन प्रतिवेदनमा उल्लेख छ। 

यी सात मुद्दामा भएको अध्ययनले अहिले पनि आमाको नाममा नागरिकता लिन कठिन रहेको देखाएको छ। सरकारी अध्ययनमा अहिले पनि गृहले फैसला कार्यान्वयनका लागि पत्र लेख्ने र नागरिकता लिन पुगेका मानिस अदालत आएर रिटमार्फत आदेश गराएर जानुपर्ने रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। 

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्निको रुपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर... मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर... मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मंगलबार, असोज ६, २०८३
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्