काठमाडौं- अनलाइन सपिङ कम्पनी दराजले फागुन ११ देखि 'दराज हाटबजार' अफर घोषणा गरेको छ। दराजले ग्राहकका लागि महाडिल, शून्य ब्याजमा सजिलो मासिक किस्ता (इएमआई), खेल १ रूपैयाँको, निःशुल्क वितरण, निःशुल्क भौचरजस्ता आकर्षक योजना ल्याएको छ।
दराज हाटबजारमा ५ लाखभन्दा बढी उत्पादन सुपथ मूल्यमा पाइने दराजको यो अफरमा प्रदर्शित खेल १ रुपैयाँको गेममा ग्राहकले १९ हजार ९ सय ९९ मूल्यको नयाँ मोटोरोला जिप्ले पुरस्कारमा जित्न सक्ने बताइएको छ।
यसका साथै ग्राहकले १५ हजार ९ सय ९० रुपैयाँको अनर वाचम्यगिक घडी, साथै २१ हजार ७ सय २५ रुपैयाँको आकर्षक तिन सेटको कामिलिंतजक सफ्ट साइड स्पिनर सुटकेस पनि जित्न सक्नेछन्।
किनमेललाई सुविधाजनक बनाउन दाराजले नेपालका ४ अग्रणी बैंकहरू एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, र माछापुच्छ्रे बैंकसँग साझेदारी गरी सजिलो मासिक किस्ता सेवा (ईएमआई) सुरू गरेको छ। उल्लेखित बैंकका ग्राहकहरूले उनीहरूको क्रेडिट कार्डको साथ आफूलाई मनपरेको उत्पादनहरू शून्य ब्याज र शून्य डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन्।
यो अफरमा डेबिट र क्रेडिट कार्डबाट प्रिपेमेन्ट गर्दा थप १५ प्रतिशत (५०० सम्म) छुट् पाउन सक्छन्। यो अफर प्रत्येक दिन एकल बैंकमा मात्र सीमित हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।