काठमाडौं- नेपाल इन्जिनियरिङ कलेज (नेक)को अनुसन्धानमूलक जर्नल साइटिज (एससीआइटिइसिएच) प्रकाशित भएको छ। वैज्ञानिक तथा प्राविधिक अध्ययनको जर्नल (जर्नल अफ साइन्टिफिक एन्ड टेक्निकल स्टडिज) आइतबार विमोचन गरिएको हो।
पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन सहायक प्राध्यापक राजेश ठगुराथीले जर्नलको विमोचन गरे। त्यस अवसरमा नेकको २३औं बुलेटिन विमोचन गरिएको थियो। प्रकाशित बुलेटिनमा सन् २०१९ जुनदेखि सन् २०२० अगस्टसम्मका कलेजका शिक्षक, विद्यार्थीलगायतको शैक्षिक गतिविधिरु समावेश छन्।
कार्यक्रममा पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन सहायक प्राध्यापक राजेश ठगुराथी, कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ, कलेजका पूर्व एकेडेमिक कोअर्डिनेटर मोहनध्वज केसीलगायतका कलेजमा अनुसन्धानको महत्वबारे चर्चा गरे।
कार्यक्रममा जर्नलका एडिटोरियल मेम्बर, रिभ्यु एटिटर्सहरलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा कलेजका उपप्राचार्य दीपक धामी, एकेडमिक कोअर्डिनेटर बाबुराम भटराई, शिक्षक प्रतिनिधि दुर्गाप्रसाद भण्डारी, जर्नलका प्रबन्ध सम्पादक एसिस्टेन्ट प्रोफेसर सचिन श्रेष्ठलगायलगायतले जर्नलको विविन्न पक्षहरुबारे चर्चा गरेका थिए। कलेजले नियमित रुपमा जर्नल प्रकाशित गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।