काठमाडौं- यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा सामान्य अंकको वृद्धि देखिएको छ। गतहप्ता ‘बुल ट्रेन्ड’मा निकै आक्रामक देखिएको पूँजीबजार आइतबार भने केहि सुस्ताएको देखिएको हो। आज परिसुचक ३.६६ अंकले बढे २६४०.३४ अंकमा कायम भएको छ।
आइतबार २०६ वटा कम्पनीको २ करोड ४० लाख ३४ हजार कित्ता सेयर ९१ हजार ३७८ पटक खरिद–बिक्री हुँदा ८ अर्ब ६९ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आज बैंकिङ, वित्त, निर्जीवन, लघुवित्त र जीवन बिमा समुहको उपसुचक क्रमशः ७.१३, ४.१८, ८३.८८, ४५.४६ र ३६१.४६ अंकले घटेको छ। अरु समुहको उपसुचक भने हरियो देखिएको छ।
सबैभन्दा धेरै जलविद्युत समुहको उपसुचक ८३.२७ अंकले बढेको छ। त्यस्तै व्यापार समुह १६.५, होटेल समुह १२.१७, विकास बैंक समुह २९.३२, उत्पादन समुह ४.४४ र अन्य समुह ३९.९१ अंकले बढेको छ।
कारोबार रकमका आधारमा आज नेपाल बैंक पहिलो र नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) दोस्रो नम्बरमा देखिएको छ।
नेपाल बैंक लिमिटेडको ६१ करोड ४२ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने निफ्राको ५३ करोड ८३ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका सेयरका संख्याका आधारमा नेपाल बैंक लिमिटेड दोस्रो नम्बरमा छ भने निफ्रा चौथो नम्बरमा छ।
हरेक दिनजसो ‘पोजेटिभ सर्किट’ लागिरहेको निफ्राको सेयर मूल्य आज पनि प्रतित्तिका ५४ रुपैयाँ अर्थात ९.८९ प्रतिशतले बढेर ६ सय रुपैयाँ कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।