काठमाडौं- रियालिटी टेलिभिजन सेलिब्रेटी तथा व्यसायी किम कार्डासियनले उनका श्रीमान र्यापर कान्य वेष्टसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी छन्। बिहेको झण्डै सात वर्ष बिताएपछि नै यी दुईको सम्बन्धमा चिसोपना आएको हल्ला चल्न थालेको थियो।
लस एन्जलसमा अवस्थित सर्वोच्व अदालतमा ४० वर्षीया सेलिब्रेटी किमले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएको अलजजिराले लेखेको छ।
अलजजिराका अनुसार सेलिब्रेटीका खबर दिने अनलाइन टीएमजेटले अज्ञात स्रोतलाई कोट गर्दै उनिहरुका चार बच्चाको कष्टिडीका लागि दुवै सहमत भएका छन्। सम्बन्ध विच्छेदको कारण भने हालसम्म बाहिर आएको छैन।
यी दुईको बिहे सन् २०१४ मे महिनामा भएको थियो। यी दुवै अरबपति हुन्। वेष्टले संगीत र फेसनमा लागेर अर्बाैं कमाए भने कार्डासियनले सामाजिक न्यायका लागि वकिलहरुलाई तालिम दिएर र टेलिभिजनमा कार्यक्रम चलाएर अर्बौं कमाइन्।
सम्बन्ध विच्छेदको मुद्दा केही महिनाअघि नै दायर भइसकेपनि यसको अन्तिम चरणमा मात्रै कुरा बाहिर आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।