फाइल तस्बिर
काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयलाई भयमा राख्न खोजेको टिप्पणी गर्दै विना भय संविधानका धारा हेरेर निर्णय गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले शनिबार विराटनगरको सभामा दिएको अभिव्यक्तिलाई लक्ष्यित गर्दै थापाले यस्तो टिप्पणी गरेका हुन्।
'प्रधानमन्त्री ओलीले सत्ता उन्मादमा शक्तिको दुरुपयोग गरेर देखाएको भीड नाप्ने जिम्मा जनताको हो,' थापाले ट्विट गर्दै भनेका छन्, 'न्यायमूर्तिले हेर्ने मान्छेको संख्या होइन, संविधानको धारा हो। अदालतले विना भय संविधानसम्मत निर्णय गरोस्।'
थापाले प्रधानमन्त्री ओलीलाई 'सत्तामा हुँदा आफूलाई हेर्न आएका भिडको भ्रम कुनै वेला महाराजलाई पनि रहेको' स्मरणसमेत गराएका छन्।
प्रधानमन्त्री ओलीले शनिबार आफ्नो समूहले विराटनगरमा आयोजना गरेको सभामा अदालतले गर्ने निर्णयमा आफूहरुको नजर रहेको भन्दै आफूअनुकुल निर्णय नभए आन्दोलन गर्ने अप्रत्यक्ष चेतावनी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।