ललितपुर- ललितपुरको गोदावारीस्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल डोरी चिप्लेटी (जिपलाइन) सञ्चालनमा आएको छ। एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी कुल ८ सय मिटर रहेको डोरी चिप्लेटी संचालनमा ल्याइएको हो।
ललितपुरको सातदोबाटोबाट करिब ७ किलोमिटरको दुरीमा रहेको विशंखुनारायण वन क्षेत्रभित्र डोरी चिप्लेटी सञ्चालनमा ल्याइएपछि खेल खेल्न आउने आन्तरिक पर्यटक बढ्न थालेको श्रेष्ठले बताए। डोरी चिप्लेटी खेल्न काठमाडौं, ललितपुर र भक्तपुरबाट पर्यटक पुग्ने गरका छन्।
'फोटो/भिडियोसहित जिपलाइन खेल्न प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएपनि अहिले छुट दिएर प्रतिव्यक्ति १ हजार ३ सय रुपैयाँ लिने गरिएको छ,' राजकुमार सञ्चालक श्रेष्ठले भने। जिपलाइन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको निर्माण भएकाले खेल खेल्न सुरक्षित रहेको पनि श्रेष्ठको भनाइ छ।
नेपाल सरकारले प्रकाशित गरेको सामुदायिक वनमा पर्यापर्यटन कार्यविधि २०७५ अन्तर्गत सामुदायिक वनले आशयपत्र आह्वान गरेपछि बोलकबोलमार्फत् ठाउँ लिइएको सञ्चालक श्रेष्ठको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।