काठमाडौं- नेकपाको ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालतले फागुन १५ सम्म प्रतिनिधि सभा विघटन मुद्दामा फैसला सुनाउने बताएका छन्।
सर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा बहस सकिएको र ११ देखि १५ गतेभित्र फैसला आउने उनले बताए। सर्वोच्चले सबै पक्षको बहस सकिएर फागुन ११ गतेका लागि पेसी तोकिएको छ।
नेम्वाङले आफू कानुनको विद्यार्थी भएकाले के फैसला आउँछ भनि टिप्पणी नगर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन सदर हुने दाबी गरेको र आफू त्यसमा विश्वस्त रहेको दाबी गरे।
सर्वोच्चले गर्ने फैसलाबारे आफू त्यसको भोलिपल्ट मात्र टिप्पणी गर्ने भन्दै उनले सदर हुने घुमाउरो रुपमा उल्लेख गरे। शनिबार विराटनगरमा आयोजित आमसभामा नेम्वाङले अब जनतामा जाने निर्णय प्रतिगमन नहुने दाबी गरे।
उनले निर्वाचनमा जानु लोकतान्त्रिक काम भएको भन्दै फैसला भएको भोलिपल्ट सबै दल निर्वाचनमा जाने उनको दाबी थियो। ‘निर्वाचन हुन्छ भन्नेमा प्रधानमन्त्री ढुक्क हुनुहुन्छ’, उनले भने, ‘म पनि २ सय प्रतिशत ढुक्क छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।