काठमाडौं- एउटा भर्खरको केटो कारमा कतै गइरहेको हुन्छ। सानो पुरानो घरअगाडि कार रोकिन्छ। ढोकामा झुण्ड्याइएको हुन्छ, एउटा प्लेकार्ड। जहाँ हाउडे लभ बाम लेखिएको हुन्छ। त्यही प्लेकार्डभन्दा माथि एउटा नोट पनि टाँसिएको हुन्छ। जहाँ माइक माकुरासँग होसियार रहु, तिनीहरुले हाम्रो सबै खानेकुरा खाइदिए। हजुरआमाबाट माया लेखिएको हुन्छ। साथमा हस्ताक्षर पनि गरिएको हुन्छ।
केटो अपत्यारिलो पारामा मुस्कुराउँछ। अनि भन्छ, ए घरमा खानेकुरा छैन, ठिकै छ। घरभित्र छिरेर केटोले यताउता हेर्छ। टेबलमा छोपिराखेको द एङ्गुइस्ड म्यान नामको डरलाग्दो पेन्टिङ देख्छ। ऊ खासमा भूत-प्रेतजस्ता कुरामा विश्वास नगर्ने खालको हुन्छ। त्यही भएर छोपेर राखेको चित्रलाई टेबलमाथि अड्याएर राखिदिन्छ।
रात परेपछि त्यो केटो सुत्न जान्छ। एक्कासी उनको कानमा केटा मान्छे रोएको आवाज आउँछ। आखिर को होला त, त्यस्तो डरलाग्दो आवाजमा रुने ? बाँकी कुरा थाहा पाउन तपाइँले फिल्म हेर्न सक्नुहुन्छ। फिल्मको नाम हो, द एङ्गुइस्ड म्यान। हरर विधाको छोटो फिल्म भनिएको उक्त फिल्म सन् २०१९ मा आएको हो र यसलाई सजिलै युट्युबमा हेर्न सकिन्छ। फिल्मलाई सत्य कथामा आधारित पनि भनिएको छ।
आखिर के होला त द एङ्गुइस्ड म्यानको सत्यता। द एङ्गुइस्ड म्यान एउटा चित्रको नाम हो। जसलाई संसारभरका पेन्टिङमध्ये डरलाग्दो, भूतिया र नकारात्मकता फैलाउने चित्रका रुपमा लिइन्छ।
द एङ्गुइस्ड म्यान पेन्टिङका मालिक हुन् इङ्ल्याण्डका शन् रोविन्सन। उनले यो पेन्टिङ उनकी हजुरआमाबाट पाएका हुन्। रोविन्सनकी हजुरआमाले उक्त पेन्टिङलाई २५ वर्षसम्म बुँइगलमा लुकाएर राखेकी थिइन्। पेन्टिङ लुकाउनुको कारणमा उनकी हजुरआमाले यसमा भूत छ, भन्थिन्।
हजुरआमाले रोविन्सलाई पेन्टिङलाई भित्तामा राख्दा मान्छेको कालो छायाँ देखिने बताउँथिन्। दिनमा कालो छायाँ मात्रै हैन, रातमा त मानिस रोएको, चिच्याएको नै सुन्ने गरेको पनि रोविन्सनले हजुरआमाको मुखबाट सुने। हजुरआमाले नै रोविन्सनलाई पेन्टिङ बनाउने मान्छेले आत्महत्या गरेको पनि बताएकी थिइन्। हजुरआमाका अनुसार द एङ्गुइस्ड म्यान बनाउने मान्छेले आफ्नै रगतलाई तेलमा मिसाएर उक्त पेन्टिङ बनाएका थिए र बनाइसक्किने बित्तिकै आत्महत्या गरेका थिए।
तर, जब हजुरआमाको मृत्यु भयो रोविन्सनले त्यो पेन्टिङलाई आफूसँगै राखे। करिब १० वर्षजति उनले यसलाई घरको भूँइतलामा राखे। तर, १० वर्षपछि सन् २०१० मा भने उनले पेन्टिङलाई घरको भित्तामा टाँसे। भित्तामा टाँसेको केही समयपछि नै हजुरआमाले भनेजस्तै गतिविधि घरमा देखिन थाल्यो।
अहिले उनि उक्त पेन्टिङबाट आएका डरलाग्दा आवाजको भिडियो बनाएर युट्युबमा राख्छन्। रोविन्सनकै अनुसार पेन्टिङका कारण उनका छोराको झण्डै ज्यान गएको थियो।
यसबारे विभिन्न मनोविद्हरुले पनि आफ्ना कुरा राखेका छन्। मनोविद् डाक्टर ट्रासी लाजेडका अनुसार, मानिसको दिमागमा परेको परम्परावादी सोच र पेन्टिङमा प्रयोग भएको रगत भएको बताउँछिन्। पेन्टिङलाई विभिन्न प्रोफेसनहरुले पनि अध्ययन अनुसन्धान गरिरहेका छन् तर, यसको गुत्थी अहिलेसम्म सुल्झिएको छैन।
हेर्नुहोस् भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।