काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरेको छ। गोंगबु क्षेत्रका होटल व्यवसायी संघसँग आवद्ध ५० होटल व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरिएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृृत शम्भुनाथ गौतम, गोंगबु शाखा प्रबन्धक मिनबहादुर चौलागाईं, नेपाली होटल व्यवसायी संघका महासचिव गणेश ढकालले श्रमिक गेष्ट हाउसमा क्युआर कोडमार्फत् भुक्तानी गरी सुरुवात गरिएको हो।
क्युआर कोड सेवा सुरु भएसँगै ग्राहकले नेपाली होटल व्यवसायी संघ अन्तर्गतमा रहेका होटल तथा लजहरुमा आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी होटल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन्।
बैंकले हाललाई ५० होटल व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरेको छ। आगामी दिनहरुमा होटल सङ्ख्या थप गर्ने कार्यलाई निरन्तरता दिँदै जाने योजना रहेको बैंकले जनाएको छ।
नगदरहित कारोबार प्रवर्द्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममार्फत् साना तथा मझौला उद्यमीहरु डिजिटल बैंकिङतर्फ प्रोत्साहन हुने विश्वास बैंकले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।