फाइल तस्बिर
काठमाडौं- निर्वाचन आयोगले चुनावको तयारी राम्रो नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन्। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आयोगले निर्वाचन कार्यक्रम प्रकाशित नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
‘निर्वाचन गर्नुपर्ने निकायले निर्वाचनको तयारी समयमा गर्नुपर्दछ। मैले ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचनको तयारी गर्नुस् भनेकाे थिएँ,' ओलीले भने, 'तयारीकाे अवस्थामा मात्र छाैँ भन्छन्। निर्वाचन कार्यक्रम किन सार्वजनिक गरिएन?'
केही दिन अघि मात्र प्रधानमन्त्री ओलीसहितको टोलीले निर्वाचन आयोगको भ्रमण गरी निर्वाचन तयारीबारे जिज्ञासा राखेको थियो। त्यसबेला आयोगमा निर्वाचनको तयारीबारे आफूले साेधेकाे बताएका थिए। त्यसबेला आयोगले तयारी भइरहेको बताएको थियो। तयारी भइरहेको भनेर आफूलाई भनिएको तर कार्यक्रम प्रकाशित नगरेकाे भन्दै ओलीले आयोप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
आयोगको तयारी जनताले त्यति थाहा पाएजस्तो नलागेकाे उनकाे भनाइ थियाे।
कतिपयले निर्वाचन गराउन घोषणा गरिएको होइन भनिरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसको खण्डन पनि गरेका थिए। ‘तोकिएकै मितिमा निर्वाचन गर्न निर्वाचनको मिति घोषणा गरिएको हो,' उनले भनेका थिए।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।