काठमाडौं- नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी टेडिङ प्रालिले ग्लोबल सर्भिस क्याम्पको तेस्रो चरण सुरु गरेको छ। कम्पनीका अनुसार फागुन ५ देखि १६ गते सम्म सञ्चालनमा आउने यो क्याम्पमा टाटाका कमर्सियल गाडी धनीहरुलाई सेवा उपलब्ध गराइनेछ।
सिप्रदी कम्पनीको कमर्सियल गाडी ग्राहक सेवाका प्रमुख साम्देन छिरिंग लामाका अनुसार गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने उद्देश्यले आयोजना गरिएको ग्लोबल सर्भिस क्याम्प विश्वभरि ४५ देश र नेपालका ४८ विभिन्न स्थानहरुमा आयोजना गरिएको छ।
क्याम्पमा टाटा मोटर्सका सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँच हुनेछ भने केहि छुटका स्कीमहरु पनि राखिएका छन्।
जसअन्तर्गत लेवर चार्जमा २५ प्रतिशत छुट, निःशुल्क इन्जिन आयल टपअप, टाटा जेन्यूइन स्पेयर पार्टसमा १०५ छुट, लुब्रिकेन्टसमा १८ प्रतिशत छुट, टाटा जेन्यूइन स्पेयर पार्टसमा ६ महिनाको वारेन्टीका पाउनेछन्।
साथै, निःशुल्क ४७ प्वाइन्ट चेक जाँच, निःशुल्क कम्प्युटर डाइग्नोसिस र सर्भिस क्याममा सहभागी ग्राहकहरुले निःशुल्क २ सय रुपैयाँ बराबरको मोबाइल रिचार्ज पाउनेछन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।