काठमाडौं- कुमारी क्यापिटल लिमिटेडले फागुन १४ गतेदेखि ८० करोड रुपैयाँ बराबरको ‘कुमारी इक्विटी फण्ड’ निष्काशन गर्ने भएको छ।
प्रतिइकाई १० अकिंत दरको ८ करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकले राख्नेछ भने बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गरिनेछ।
योजना व्यवस्थापन गर्ने कुमारी क्यापिटलले इक्रा नेपालबाट एएमसी ३ रेटिङ्ग प्राप्त गरेको छ। यसको नेट एसेट भ्यालु १० बाट सुरु भई अन्तिम वर्ष (लाभांश वितरण पश्चात) २२ रुपैयाँ ४९ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।
यो योजनाको लाभाशं र पूँजीवृद्वि समेत गरी औषत प्रतिफल २२ प्रतिशत प्रक्षेपण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।