• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रोनाल्डो र मेस्सीको दबदबा एमबाप्पे र हल्यान्डमा सरेको हो?

64x64
नेपाल लाइभ बिहीबार, फागुन ६, २०७७  १४:३०
1140x725

काठमाडौं- पछिल्लो पुस्ताका खेलाडीमा नर्वेका एरलिङ ब्रउट हल्यान्डले फुटबल समर्थकलाई चकित पारिरहेका छन्। फ्रान्सका विश्वकप विजेता खेलाडी केलियन एमबाप्पेको चमक देखिएको त लामै समय भइसक्यो। यिनै दुईले यो हप्ता युइएफए च्याम्पियन्स लिग खेलमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई छायामा पारिदिए। 

च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेग खेलमा फ्रेन्च क्लब पिएसजीबाट एमबाप्पेले मेस्सीको कप्तानीमा रहेको स्पेनिस क्लब बार्सिलोनाविरुद्ध ह्याट्रिक गरे। पेनाल्टीमार्फत मेस्सीले गरेको एक गोल महत्वविहीन देखियो। हल्यान्डले जर्मन क्लब बोरुसिया डोर्टमुन्डबाट स्पेनिस क्लब सेभियाविरुद्ध दुई गोल गरे। जहाँ क्रिष्टियानो रोनाल्डो सम्मिलित इटालियन क्लब युभेन्टस पोर्चुगिज क्लब पोर्टोसँग २–१ ले पराजित भयो। रोनाल्डो गोलविहीन रहे। 

इंग्ल्यान्ड, स्पेन हुँदै अहिले इटालीमा आफ्नो क्षमता देखाइरहेका रोनाल्डो ३६ वर्षका भए। बार्सिलोनाबाट गएको सिजन नै बाहिरिन चाहेका मेस्सी ३३ वर्षका भए। यी दुईले एक दशकभन्दा लामो समय विश्व फुटबलको केन्द्रमा राज गरे। गएका केही वर्ष यता यी दुवैको टिम विश्व फुटबलमा विशेष मानिने च्याम्पियन्स लिगमा राम्रो देखिन सकिरहेको छैन। 

‘जब मैले एमबाप्पेले ह्याट्रिक गरेको देखेँ, सित्तैमा मनोबल बढाउने अवसर पाएको जस्तो भयो, त्यसैले उनलाई धन्यबाद’ सेभियाविरुद्धको खेलपछि हल्यान्डले भनेका छन्। एकअर्काबाट यस्तै प्रेरणा र प्रतिस्पर्धा लामो समयदेखि रोनाल्डो र मेस्सीले महसुस गर्दै आइरहकै छन्। 

मन पराउने हुन् या घृणा गर्ने रोनाल्डो र मेस्सीको फुटबल कलाले सबैलाई अचम्मित पारिरहेकै हो। यसैले त विश्व फुटबलमा व्यक्तिगत रुपमा पाइने सर्वाधिक महत्वपूर्ण अवार्ड मानिने बालोन डि’ओर गएको १२ वर्षमा ११ पटक विश्व उत्कृष्ट हुँदै रोनाल्डो र मेस्सीले नै जितेका छन्। जुन रोनाल्डोले पाँच र मेस्सीले छ पटक जितेका छन्।

रोनाल्डोले स्पोर्टिङ लिस्बोन, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र पोर्चुगलको राष्ट्रिय टिमबाट गरेर समग्रमा गरेको ७६३ गोल विश्व फुटबलमा सर्वाधिक गोलको संख्या हो। पाँच पटक च्याम्पियन्स लिग जितेका रोनाल्डो त्यसको इतिहासमा सर्वाधिक गोलकर्ता पनि हुन्। जहाँ उनले १२८ गोल गरेका छन्। रियल मड्रिडका सर्वाधिक गोलकर्ता पनि उनै हुन्। जहाँ उनले ४५० गोल गरेका छन्। 

बार्सिलोनाबाट ६५४ गोल गरेका मेस्सी क्लबका सर्वाधिक गोलकर्ता हुन्। जहाँ उनले विभिन्न ३४ उपाधि जितेका छन्। ला लिगामा मेस्सीले गरेको ४५९ गोल प्रतियोगिताको सर्वाधिक हो। गएको सिजन बार्सिलोनामा खराब समय देखिँदा पनि मेस्सीले ३१ गोल र २६ गोलमा असिस्ट गरेका थिए। २०१२ मा मेस्सीले बार्सिलोनाबाट ७९ र अर्जेन्टिनी राष्ट्रिय टिमबाट १२ गरेर ९१ गोल एक वर्षको समयमा सर्वाधिक गोलको कीर्तिमान हो। 

Ncell 2
Ncell 2
nimb
nimb

यीबाहेक पनि रोनाल्डो र मेस्सीको नाममा रहेका कीर्तिमानको सूचि निकै लामो छ। यिनको फुटबल कलामा दशक बिताएका हरकोही फुटबल समर्थकलाई त्यसको आँकडा थाहा नै छ। अहिलेसम्म पनि विश्व फुटबलमा कसैबीच प्रतिस्पर्धात्मक तुलना गरिन्छ भने त्यो रोनाल्डो र मेस्सी नै हो। अब भने विस्तारै फुटबल समर्थक नयाँ अनुहारको खोजीमा देखिन्छन्। मेस्सी र रोनाल्डोको दशक लामो दबदबा तोडिने गरी नयाँ खेलाडी देखिन थालेका पनि छन्। त्यसैमा अघि रहेका दुई नाम हो, एमबाप्पे र हल्यान्ड। 

एमबाप्पेलाई विश्व फुटबलमा प्रमुख खेलाडीका रुपमा हेरिएको केही वर्ष भइसक्यो। २०१८ को विश्वकप जितेयता त उनी केन्द्रमा नै छन्। मोनाकोबाट पिएसजीले १६६ मिलियन पाउण्डमा ल्याउँदैदेखि उनी चर्चामा छन्। २२ वर्षका उनी अहिले पिएसजीमा सर्वाधिक गोलको सूचिमा तेस्रो स्थानमा पुगिसकेका छन्। पिएसजीका लागि उनको १११ गोल इडिसन काभानी र जाल्टन इब्राहिमोभिच भन्दा पछि छ। काभानीको २०० र इब्राहिमोभिचको १५६ गोल छ। 

एमबाप्पेभन्दा छिटो र अचम्मसँग उदाएका खेलाडी हुन् हल्यान्ड। २० वर्षका हल्यान्ड एक वर्षअघिसम्म उनको देश नर्वेभन्दा बाहिर सायदै चिनिन्थे। तर च्याम्पियन्स लिगमा देखाएको सनसनी खेलसँगै उनको परिचय व्यापक हुँदै गयो। उनले बोरुसिया डोर्टमुन्ड र अस्ट्रियन क्लब साल्जबर्गबाट च्याम्पियन्स लिगका १३ खेलमा नै १८ गोल गरिसकेका छन्। 

यसैले पूर्वफुटबल खेलाडी ग्यारी लिनेकरले भनेका छन्, ‘यसको मतलब हामीले अब रोनाल्डो र मेस्सीको समयपछि हेर्नलायक खेलाडी पाएका छौँ। अहिले एमबाप्पे र हल्यान्डको गोलसंख्या रोनाल्डो र मेस्सी उचाइमा रहँदाको समय जस्तो छ।’ 

पूर्वखेलाडी रियो फर्डिनान्डलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ, ‘यसअघि मबाप्पेले मेस्सीलाई छायामा पारे, अहिले रोनाल्डो छायामा पर्ने गरी हल्यान्ड देखिए। यो विश्व फुटबलमा अर्को पुस्ताको उदय हो। यी विश्व फुटबलका अर्का प्रतिस्पर्धी हुन सक्नेछन्। हामीले कहिलेदेखि सोधिरहेका थियौँ कि अब अगाडि को?’ 

अर्का पूर्वखेलाडी जोय कोल भन्छन्, ‘जब रोनाल्डो र मेस्सीले आफ्नो उचाइ लिँदै थिए त्यसबेला पनि गोलको यस्तो संख्या हामीले देखेका थिएनौँ। अब आउने दिनमा यिनीहरुले अझ राम्रो खेल देखाउने नै छन्।’

हुन पनि २१ वर्षको उमेरभन्दा अघिको समयमा च्याम्पियन्स लिग गोल संख्यालाई हेर्ने हो भने एमबाप्पे र हल्यान्ड नै अघि देखिन्छन्। जहाँ एमबाप्पेले २१ वर्षको हुनुअघि १९ गोल गरेका थिए। २० वर्षका हल्यान्डको १८ गोल भइसकेको छ। मेस्सीले ८ गोल गरेका थिए भने रोनाल्डो गोलविहीन थिए। 

सन् २०१९–२० को सिजनयताको समयमा घरेलु लिग र च्याम्पियन्स लिगलाई हेर्ने हो भने रोनाल्डो, मेस्सी, एमबाप्पे र हल्यान्डको तथ्यांक प्रतिस्पर्धामा नै देखिन्छ। त्यसयता रोनाल्डोले ६४ खेलमा ५५ गोल र ९ असिस्ट गरेका छन्। मेस्सीको ६६ खेलमा ४७ गोल र २९ असिस्ट छ। एमबाप्पेले ५७ खेलमा ४४ गोल र १९ असिस्ट गरेका छन्। हल्यान्डले ५८ खेलमा ६२ गोल र ७ असिस्ट गरेका छन्। 
त्यसमा च्याम्पियन्स लिगलाई मात्र हेर्ने हो भने रोनाल्डो र मेस्सीको समयलाई एमबाप्पे र हल्यान्डले मैदानबाट बिदा गरिरहेको भान हुन्छ। २०१९–२० को सिजन यता रोनाल्डो र मेस्सीको गोल जोड्दा १५ देखिन्छ भने एमबाप्पे र हल्यान्डले गरेको गोल जोड्दा २८ रहेको छ। 

हल्यान्डले च्याम्पियन्स लिगका १३ खेलमा १८ गोल मात्र होइन बुन्डेस लिगाका ३१ खेलमा २८ गोलसमेत गरिसकेका छन्। यो सिजन समग्र २४ खेलमा उनले २५ गोल गरिसकेका छन्। एमबाप्पेले च्याम्पियन्स लिगका ४१ खेलमा २४ गोल गरिसकेका छन्। फ्रेन्च लिग वानमा ९८ खेलमा ८० गोल गरेका छन्। यो सिजनको तथ्यांक हेर्दा उनले २९ खेलमा २१ गोल गरिसकेका छन्। 

च्याम्पियन्स लिग अन्तिम १६ मा दुई दिनको खेलपछि सामाजिक सञ्जालमा अहिले फुटबल समर्थकमाझ उत्कृष्ट खेलाडी को? भन्ने बहस चलिरहेको देखिन्छ। त्यसमा एमबाप्पे र हल्यान्डको दुई खेलको गोलका आधारमा मात्र होइन उनीहरुको समग्र भूमिकालाई हेर्दा अगाडि बढ्ने खेलाडी हुन् भन्ने त प्रस्ट छ। तर यी दुईले रोनाल्डो र मेस्सीको उचाइ बिर्साउने गरी केही गर्न सक्लान्? 

(यो सामग्री बिबिसी, मार्का र गोलमा आधारित रहेर तयार पारिएको हो।)

प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्