काठमाडौं– विद्यार्थीको व्यक्तित्व विकास गरी रोजगारीमा सहज पहुँच पुर्याउने उद्देश्यले इम्पेरियल बिजनेश कलेज र कुमारी जबबीच सहकार्य हुने भएको छ ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इम्पेरियल बिजनेश कलेजमा बिएचसिएम तथा बिबिएका कक्षा सञ्चालन हुँदै आएको छ भने कुमारी जवले विगत ६ वर्षदेखि मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन)मा काम गर्दै आइरहेको छ ।
सहकार्यले विद्यार्थीको क्षमता अभिवृद्धि हुनुका साथै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा कुमारी जबले महत्त्वपूर्ण भूमिका खेल्ने इम्पेरियल विजनेश कलेजका प्रधानाध्यापक प्रजित कुमार तिमल्सिनाको विश्वास छ ।
दुई संस्थाबीचको सहकार्यसँगै इम्पेरियल कलेजमा अध्यनरत विद्यार्थीलाई बजारको आवश्यकता अनुसार तालिम प्रदान गरी उनीहरुको व्यक्तित्व विकासमा सहयोग गरिने कुमारी जबका व्यवस्थापकीय प्रमुख सन्देश भण्डारीले बताए ।
सम्झौताले विद्यार्थीमा भएको किताबी ज्ञानलाई व्यवहारमा उतार्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।