काठमाडौं- ललितपुरको कुपन्डोलस्थित विध ल्याबले ‘ए’ ग्रेडको अनुमति पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गर्दा ‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड निर्देशिका–०७३ अनुसार मापदण्ड पूरा गरेको पाइएकोले ल्याबलाई ‘ए’ ग्रेडको प्रयोगशालाको अनुमति दिएको बताइएको छ ।
आगामी असार मसान्तसम्मका लागि अनुमति जारी गरिएको जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाले एक पत्रमार्फत जानकारी दिएकी छन् ।
अनुमति पाएसँगै अझै सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता ल्याबले व्यक्त गरेको छ । ल्याबका हाल करिब २५ सय प्रकारका टेस्ट हुने गरेको सञ्चालक विके भण्डारीले बताए ।
कोरोना महामारीपछि संचालनमा आएको विध ल्याबले देशभरिका ल्याबमध्ये सबैभन्दा बढी आरटी पिसिआर परीक्षण गरेको भण्डारीको दाबी छ । त्यस्तै अब ल्याबमा जेनेटिक तथा मोलिकुलरसम्बन्धी सम्पूर्ण परीक्षण हुने समेत बताइएको छ ।
सञ्चालनको छोटो समयमै ल्याबले पोखरामा पनि सेवा विस्तार गरिसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।