काठमाडौं- गायिका इन्दिरा जाेशीले सामाजिक सञ्जालमार्फत् आफू प्रेम सम्बन्धमा रहेकाे बताएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा एक तस्वीर सार्वजनिक गर्दै लेखेकी छन्‚ ‘उस्ले भन्याे म तिम्राे तारा हुँ‚ तिमी मेराे जुन।’
यसका साथै उनले आफूहरूकाे सम्बन्ध आजभन्दा दुई वर्षअघिदेखि नै सुरु भएको पनि उल्लेख गरेकी छन्।
तस्वीरमा बिहे गर्दा औंठी लगाउने साइँली औंलामा औंठी लगाइएकाे छ। त्यस औंठीलाई उनले प्रमिस रिंग भनेकी छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।