फाइल तस्बिर
काठमाडौं- प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरेको कांग्रेसले पुर्नबहालीको मागसहित सडकमा जानुपर्ने माग वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन्।
बुधबार बसेको केन्द्रीय समिति बैठकमा नेता पौडेलले अलोकतान्त्रिक, सर्वसत्तावाद पार्टीले भनिसकेकाले खुलेरै प्रतिनिधि सभा पुर्नस्थापनाको पक्षमा बोल्नुपर्ने बताएका हुन्।
नयाँ अध्यादेशमार्फत् सिफारिस गरिएका संवैधानिक नियुक्तिलाई कांग्रेसले मान्न नहुने समेत उनको तर्क छ। अध्यादेशमार्फत् सपथ खानेको नियुक्ति खारेजीको माग कांग्रेसले संस्थागत रूपमा नै उठाउनुपर्ने उनको धारणा थियो।
प्रदेश सरकारमा दर्ता भएका अविश्वास प्रस्तावका पक्षमा कांग्रेसले मत दिनुपर्ने धारणा उनले राखेका थिए। प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई प्रदेशमा सघाउनै नहुने उनको भनाइ छ।
प्रदेश १ र बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। कांग्रेसले कुन पक्षलाई मतदान गर्ने निर्णय गर्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।