काठमाडौं- नेपालका लागि फोटोन ब्रान्डका कमर्सियल सवारी साधनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले फाटोनका भ्यानमा शतप्रतिशतसम्म फाइनान्सिङको योजना ल्याएको छ। कम्पनीले केही समयअघि सार्वजनिक गरेएको 'भ्यू सिएस-२ एल' भ्यानमा शतप्रतिशत फाइनान्सिङको अफर ल्याएको जानकारी दिएको हो।
१८ सिट क्षमताको फोटोनको यो भ्यान एमएडब्लु वृद्धिले विभिन्न फाइनान्सिङ पार्टनरसँग सहकार्य गरी शतप्रतिशतसम्म फाइनान्सिङको सुविधा ल्याएको जनाएको छ। यो सुविधा उपभोग गर्ने ग्राहकले अधिकतम ७ वर्षको ऋण अवधि पाउने कम्पनीले जनाएको छ। यो अफरले व्यवसायिक प्रयोजनका लागि भ्यान खरिद गर्न चाहने ग्राहकलाई सहज बनाउने अपेक्षा कम्पनीको छ।
यो भ्यानमा आइएसएफ २.८ लिटरको कमिन्ज इन्जिन राखिएको छ। डुअल एयरब्याग, इबिडीसहितको एबिएस, फोल्डेबल सिट, क्यामेरासहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फगल्याम्प, डेर रनिङ लाइटजस्ता विशेषता भ्यानमा रहेको कम्पनीको भनाइ छ।
फोटोनले ट्रक, बस, एसयुभी र कृषिजन्य मेसिन उत्पादन गर्दै आएको छ। सन् १९९६ मा स्थापना भएको फोटन मोटर ग्रुपका उत्पादन ११० मुलुकमा उपलब्ध छन् भने विश्वका २७ स्थानमा एसेम्ब्लिङ प्लान्ट रहेको कम्पनीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।