काठमाडौं- दिनेश राउतको निर्देशनमा फिल्म 'प्रकाश' बन्ने भएको छ। औपचारिक रुपमा फिल्मको घोषणा गर्दै कलाकारसमेत निर्माण टोलीले सार्वजनिक गरेको छ। फिल्मको कलाकार छनोटको जिम्मेवारी अर्थात् कास्टिङ डिरेक्सन अनुप बरालले गरेका हुन्।
उनकै छनौटमा कलाकार प्रदीप खड्का, दिया मास्के, प्रकाश घिमिरेलगायतका कलाकार फाइनल भएका छन्। फिल्ममा संगीतको कार्यभार तारा प्रकाश लिम्बु, एलिस कार्की र दीपक शर्माले पाएका छन्।
त्यस्तै, फिल्मको निर्माता महेन्द्र अधिकारी रहेका छन्। विकास सुवेदीले लेखेको फिल्मका दृष्य जुम्लामा छायांकन हुनेछ।
जुम्लाकै कथा भएकाले कलाकार प्रदीप र दियाले जुम्ली भाषा पनि सिकिरहेका छन्। लकडाउनमा मोटाएका प्रदीपले कथाले मागेअनुसार नै सात केजी शरीरको तौल घटाएको पनि बताए।
फिल्मको घोषणा कार्यक्रममा शुभकामना दिन कलाकार दिपकराज गिरी र चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल पनि कार्यक्रमस्थलमा पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।