काठमाडौं- महालक्ष्मी लाइफ इन्स्योरेन्सको संचालक समिति अध्यक्षमा मनोरञ्जनरमण शर्मा मनोनयन भएका छन्। फागुन ३ गते बसेको संचालकहरूको बैठकले उनलाई अध्यक्षमा मनोनयन गरेको हो।
अध्यक्षमा मनोनित भएपछि अध्यक्ष शर्माले बिमा समिति अध्यक्ष सूर्यप्रसाद सिलवालसँग पद तथा गोपनियताको शपथ ग्रहणसमेत गरेका छन्। शर्मा चार वर्षका लागि अध्यक्ष पदमा मनोनित भएका छन्।
फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको थियो। साधारण सभा सम्पन्नपछि भएको पहिलो बैठकले शर्मालाई अध्यक्षमा मनोनयन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।